Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

मस्कले हटाए ट्विटरको चरा, नयाँ लोगो ‘एक्स’

मस्कले हटाए ट्विटरको चरा, नयाँ लोगो ‘एक्स’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०८० मंगलवार • १०:१८:१४ बजे
  • 325
    SHARES
  • मस्कले हटाए ट्विटरको चरा, नयाँ लोगो ‘एक्स’

    ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको छ । ट्विटरका प्रमुख एलन मस्कले निलो चरालाई अंग्रेजी अक्षर ‘एक्स’ ले प्रतिस्थापन गरेका हुन् । उनले आफू चराबाट मुक्त हुन चाहेका थिए ।

    images

    त्यसलगत्तै सोमबार बिहान ट्विटरका कार्यकारी प्रमुख लिन्डा याकारिनोले नयाँ लोगो सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘एक्स इज हियर, लेट्स डु दिस ।’ मस्कले पनि आफ्नो प्रोफाइल पिक्चरमा नयाँ लोगो राखेका छन् र आफ्नो ट्विटर बायोमा ‘एक्स डट कम’ थपेका छन् । समाचारहरुमा जनाइएअनुसार उनी ‘एक्स’ नामको सुपर एप’ बनाउन चाहन्छन् ।

    आफ्नो विजनेसको नाम फेरेर एक्स कर्प राखेका मस्कले यो परिवर्तन धेरै पहिला नै हुनुपर्ने बताएका छन् ।

    ट्विटरको नयाँ लोगोले प्रयोगकर्ताहरुको राम्रो रेस्पोन्स भने पाइरहेको छैन । धेरैले मस्क आएपछि ट्विटरमा जथाभावि परिवर्तन गरिरहेको भन्दै आलोचना गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # नयाँ लोगो ‘एक्स’
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology