Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आमाबाबुका यस्ता पाँच गल्तीले बच्चालाई आत्मनिर्भर बन्न दिँदैन

आमाबाबुका यस्ता पाँच गल्तीले बच्चालाई आत्मनिर्भर बन्न दिँदैन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०८० सोमवार • १३:०७:५० बजे
  • 1.8K
    SHARES
  • आमाबाबुका यस्ता पाँच गल्तीले बच्चालाई आत्मनिर्भर बन्न दिँदैन

    आमाबाबुले आफ्ना छोराछोरीको भलाइको बारेमा चिन्तित हुनु स्वाभाविक हो । आफ्ना छोराछोरी जीवनमा सफल होउन् र उनीहरूले देखेका सबै सपनाहरू प्राप्त गरुन् भन्ने पनि चाहन्छन् । तर कतिपय अवस्थामा आमाबाबु प्रायः आफ्नो बच्चाले सबै कुरा पाओस् भन्ने चाहनामा अति सुरक्षात्मक बनिदिन्छन् ।

    images

    सन्तानलाई कुनै हानीबाट जोगाउन सक्दो प्रयास गर्छन् तर तपाईंले के याद राख्नुपर्छ भने बच्चालाई आफ्ना गल्तीबाट सिक्ने मौका दिनुहोस् । यति मात्र होइन, कहिलेकाहीँ आमाबाबुले बच्चाको जीवन कस्तो हुनुपर्छ भनेर आफैँले निर्णय लिन्छन्, स्वतन्त्र तरिकाले निर्णय लिन दिँदैनन् ।

    फलस्वरूप, अभिभावकहरू आफ्नै बच्चाको विकासमा बाधक बन्छन् र बच्चाको निर्णय गर्ने क्षमता विकसित नै हुन पाउँदैन । सेल्फसफिसियन्टकिडका अनुसार यदि आमाबाबुले आफ्नो बच्चाको जीवन आफ्नै हिसाबले चलाउन खोज्छन् वा उनीहरूको हरेक निर्णय आफैँले लिन्छन् भने यसले उनीहरूको निर्णय लिने क्षमतामा बाधा पुर्‍याउँछ र उनीहरूको आत्मविश्वास डगमगाउन थाल्छ । त्यसैले हार्ने डरबाट आमाबुवा बाहिर निस्कनुपर्छ र उनीहरूलाई आफ्नै हारबाट सिक्ने मौका दिनुपर्छ ।

    छोराछोरी रिसाएको, हारेको वा असफल भएको देख्नु आमाबाबुलाई कठिन हुन्छ तर यी भावनाबाट बच्चालाई जोगाउन तपाईंले सधैँ ढालको रूपमा काम गर्नुभयो भविष्यमा उनीहरू आफ्नो खराब समयमा राम्रोसँग जुध्न सक्दैनन् । त्यसैले तपाईंले आफ्नो सन्तानलाई कोचको रूपमा बाटो देखाइदिने र निर्णय दिने स्वतन्त्रता दिँदा राम्रो हुन्छ ।

    आमाबाबुले आफ्नो सन्तानको जीवनमा धेरै नै हस्तक्षेप गर्नु राम्रो नभएजस्तै उनीहरूलाई आवश्यकताभन्दा बढी स्वतन्त्रता दिनु पनि गलत हुनसक्छ । त्यसैले घरमा तालिका बनाउनुहोस् । उनीहरूलाई घर र बाहिरको काम दिनुहोस् र अनुशासित जीवन बाँच्न सिकाउनुहोस् ।

    केही आमाबुवा बच्चाको सबै काम आफैँ गरिदिन्छन् । तर उनीहरूलाई आफ्नो काम आफैँ गर्न उत्प्रेरित गर्नुहोस् । बाल्यकालदेखि नै उनीहरूलाई आफ्नो काम कसरी गर्ने भनेर सिकाउनुहोस् । उनीहरूलाई आफ्नो गृहकार्य गर्न, किताबलाई मिलाएर राख्न, कोठा सफा राख्न, गमलामा पानी हाल्न सिकाउनुहोस् । यसरी उनीहरू जिम्मेवारी लिन सिक्नेछन् र राम्रोसँग काम जान्नेछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology