Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कस्तो खालको पुरुष मन पराउँछन् महिला ?

कस्तो खालको पुरुष मन पराउँछन् महिला ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०८० शनिवार • १३:२५:०२ बजे
  • 1.4K
    SHARES
  • कस्तो खालको पुरुष मन पराउँछन् महिला ?


     महिला कस्ता पुरुषतर्फ आकर्षित हुन्छन् ? उनीहरू कस्तो खालका पुरुषसँग बिहे गर्न चाहन्छन् ? अनि कोसँग चाँहि डेटिङ मात्रै जान चाहन्छन् ? यस्ता खालका प्रश्नको जवाफ प्रायः विवादित रहन्छन् । कहिले हँसी मजाक र ठट्टामा त कहिले गम्भीर भएर पुरुषहरूले पनि यस्ता कुरा सोचेका होलान् ।

    images


    हालै भएको एउटा अध्ययनमा यी कुराहरू डिकोड गरिएको छ । यो अध्ययनका अनुसार महिलाहरू केही समयको सम्बन्धका लागि शारीरिक रूपमा बलिष्ठ पुरुषलाई मन पराउँछन् । जिन्दगी बिताउने मामिलामा भने हँसिलो पुरुष रोज्छन् ।  


    लामो समयसम्म सम्बन्धलाई टिकाउने मामिला र सफलता पार्टनरको सेन्स अफ ह्युमरमा भर पर्ने पर्सनल रिलेशनशिप्समा प्रकाशित अध्ययनको निष्कर्ष छ । महिलाहरूले बलियो र हँसिलो पुरुषलाई आफ्नो प्राथमिकता अनुसार रोज्ने गर्छन् । अझ बुझ्ने भाषामा भन्ने हो भने महिलाहरूले केही फ्याक्टरलाई ध्यानमा राखेर पार्टनर रोज्छन् ।


    छोटो समयको सम्बन्ध जस्तै डेटिङका लागि उनीहरूको रोजाईमा बलिष्ठ पुरुष पर्छन् । दीर्घकालीन सम्बन्ध अर्थात् बिहे वा जीवन बिताउने मामिलामा भने उनीहरू पुरुषको सेन्स अफ ह्युमरलाई प्राथमिकता दिन्छन् ।


    यो अनुसन्धान सामाजिक धारणा र पारस्परिक प्राथमिकतालाई कुन कारकले प्रभावित गर्छ भनेर बुझ्न गरिएको थियो । महिलाहरूले छोटो अवधि र लामो अवधिको पार्टनरका लागि फरक फरक रुचि र प्राथमिकता दिने गरेको अनि शारीरिक विशेषता र व्यवहारलाई अलग अलग तरिकाले महत्त्व दिने गरेको शोधले देखाएको छ ।


    अध्ययनमा एउटा ठुलो विश्वविद्यालयका हेट्रोसेक्सुअल र बाइसेक्सुअल दुबै खालको पहिचान भएका महिलालाई समावेश गरिएको थियो । यसमा कूल ३९४ जना महिलासँग प्रश्नोत्तर गरिएको थियो । अधिकांश महिला १९ वर्ष आसपासका थिए ।

    आदर्श भएर सोच्दा महिलाहरूले शारीरिक रूपमा आकर्षक अनि सकारात्मक व्यवहार भएका पार्टनर चाहन्छन् । तर यस्तो मान्छे पाउनै मुस्किल छ । त्यसैले उनीहरूको प्राथमिकता कयौँ पटक बदलिन्छ ।

    अनुसन्धानकर्ताहरूले यो अध्ययनको माध्यमबाट महिलाहरूले छोटो अवधि र लामो अवधिमा पार्टनर चयन कसरी गर्छन्, कुन कुरामा ध्यान दिन्छन् अनि उनीहरूको प्राथमिकता के हुन्छ भनेर हेर्न खोजेका थिए ।

    सो क्रममा शारीरिक मजबुती र सेन्स अफ ह्युमरलाई लिएर महिलाहरूको फरक फरक धारणा पाइयो । यसले पुरुष साथीको मामिलामा महिलाहरूको रोजाई अलग अलग भएको देखाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology