Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

भाइरस पत्ता लगाउने उपकरण

हावामा भएका कोरोना भाइरस पत्ता लगाउने उपकरण अर्को महिना बजारमा आउदै

हावामा भएका कोरोना भाइरस पत्ता लगाउने उपकरण अर्को महिना बजारमा आउदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७७ शुक्रवार • १३:२०:१९ बजे
  • 1.4K
    SHARES
  • हावामा भएका कोरोना भाइरस पत्ता लगाउने उपकरण अर्को महिना बजारमा आउदै

    एजेन्सी । कोरोना भाइरस कहाँ कहाँ बस्छ ? यस बारेमा थुप्रै प्रश्नहरु उब्जिएका छन । यस बारे विभिन्न सञ्चार माध्यमहरुमा समाचारहरु पनि प्रकाशित भएका छन । तर भाइरस कहाँ छ ? भनेर पत्ता लगाउने उपाय जनस्तरमा छैन ।

    त्यसैले भाइरस कहाँ छ भनेर कसरी पत्ता लगाउने ? यो विषय सबैका लागि निकै महत्वपूर्ण र जटिल प्रश्न बनेको छ । यही प्रश्न अर्थात समस्यालाई सम्बोधन गर्न आगामी दिनहरु केही सहज हुने भएको छ ।

    images

    क्यानाडाको एक कम्पनीले हावामा भएका कोरोना भाइरस पत्ता लगाउने उपकरण बनाएको दावी गरेको छ । कोन्ट्रोल इनर्जी कर्प नामक कम्पनीले यस्तो दावी गरेको हो । यो कम्पनीले इन्डोर एयर क्वालिटी तथा मनिटरिङ इक्विपमेन्ट बनाउने काम धेरै अघिदेखि नै गर्दै आएको छ ।

    कोरोना महामारी सुरु भएपछि यो कम्पनीले कोरोना भाइरसको पहिचान गर्न सक्ने उपकरण बनाउने काम सुरु गरेको थियो । कम्पनीले क्यानाडाको ओन्टरियोस्थित दुईवटा प्रयोगशालामा कोरोना भाइरस पत्ता लगाउने उपकरण बारे अनुशन्धान सुरु गरेको थियो ।

    यो अनुशन्धानपछि कोन्ट्रोल इनर्जी कर्प कम्पनीले ‘बायोक्लाउड’ नामक उपकरण बनायो । यो उपकरणले हावा भित्र तान्छ र कोरोना भाइरस भए नभएको तथ्य पत्ता लगाउँछ । globalnews.co का अनुसार यो उपकरणले कुनै पनि स्थानको हावामा कोरोना भाइरस भए नभएको पत्ता लगाउँछ ।

    यदी त्यहाँ पोजिटिभ नतिजा आयो भने त्यस स्थानमा रहेका मानिसहरुको कोरोना परीक्षण गराउनु पर्ने हुनसक्छ । स्कुल, कलेजका कक्षा कोठा, कार्यालय तथा भिडिभाड भएका स्थानहरुका लागि यो उपकरण उपयोगी सावित हुने कम्पनीले जनाएको छ ।

    क्यानडाको वेस्टर्न युनिभर्सिटी अन्तर्गत माइक्रोबायोलोजीका प्रोफेसर डेविड हेनरिक्सले बायोक्लाउड उपकरणको परीक्षण गरेका छन । कंपनीले यो उपकरण नोभेम्बरसम्ममा बजारमा ल्याउने योजना बनाएको छ ।

    यो उपकरणको मुल्य १२ हजार अमेरिकी डलर पर्ने कोन्ट्रोल इनर्जी कर्प कम्पनीले बताएको छ । कम्पनीले पहिलो चरणमा २० हजार थान बायोक्लाउड उपकरण उत्पादन गर्ने जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # विज्ञान/प्रविधि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology