Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एक्लै बस्नुका फाइदा,चिन्ता र समस्याबाट मुक्त

एक्लै बस्नुका फाइदा,चिन्ता र समस्याबाट मुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०८० बुधवार • ०४:५६:१० बजे
  • 826
    SHARES
  • एक्लै बस्नुका फाइदा,चिन्ता र समस्याबाट मुक्त

    हिजोआज जिन्दगीमा खाली बस्नु, फुर्सदिलो हुने त सपना जस्तै भएको छ । हरेक मान्छे आ–आफ्नै भाग दौडमा व्यस्त छ । कोही आफ्नो काममा अल्झिएका छन्, कोही केमा ।

    images

    एक क्षण मात्रै फुर्सद भयो भने हामी कि फोन उठाएर चलाउन थाल्छौँ कि आसपासको संसारबाट आफूलाई पृथक् गरेर बस्छौँ । यस्तो समय आफैँलाई दिने हो भने हामी कयौँ चिन्ता र समस्याबाट मुक्त रहन सक्छौँ । दिनहुँको भाग दौडका कारण हामी चिडचिडे भएका हुन्छौँ । केही त डराउने र बेचैन रहन पनि थाल्छन् ।

    यी सबै समस्याको उपचार भनेको आफ्नो साथमा एक्लै बस्नु नै हो । आफ्नो लागि समय निकाल्दा सामाजिक दबाबबाट मुक्त भइन्छ । आफ्नो विचार, भावना र अनुभव बुझ्ने मौका मिल्दछ ।

    एक्लै रहनु हाम्रो व्यक्तिगत वृद्धि विकासका लागि पनि आवश्यक छ । अर्को व्यक्तिको आवश्यकता, रुचि र विचारबारे चिन्ता गर्नुको साटो एक्लै भएको समयमा आफ्नैबारे सोच्ने अवसर मिल्दछ ।

    मान्छे सामाजिक प्राणी हो । सामाजिक सम्बन्धहरू हाम्रो विकासका लागि जरुरी छ । तर एक्लै समय गुजार्दा मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्दछ । यसले हाम्रो सृजनशीलतालाई बढाउँछ ।

    जो मान्छे एक्लै बस्छ उनीहरूको सामाजिक जीवन वास्तवमा समृद्ध हुने अनुसन्धानकर्ताहरूले फेला पारेका छन् । अर्को व्यक्तिसँग रहने मान्छेको तुलनामा यिनीहरूमा सामाजिक ऊर्जा धेरै हुन्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology