Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पार्टनर खुसी छैन भने -यसरी थाहा पाउनुस् ?

पार्टनर खुसी छैन भने -यसरी थाहा पाउनुस् ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ५, २०८० शुक्रवार • १५:३१:४० बजे
  • 712
    SHARES
  • पार्टनर खुसी छैन भने -यसरी थाहा पाउनुस् ?

    सम्बन्ध जुनसुकै होस् भावनात्मक उतारचढाव आउनु स्वाभाविक नै हो । तर सम्बन्धलाई स्वस्थ बनाएर राख्न दुवै जना खुसी हुन जरुरी छ । 

    images


    तपाईँको पार्टनर कुनै कारणले खुसी छैन भने त्यसको संकेत कुनै न कुनै रुपमा प्रकट भइहाल्छ । त्यस्ता संकेतहरुलाई आफूले बुझ्न जरुरी छ । कहिलेकाहीँ हामी सम्बन्धमा खुसी नभएपनि खुसी भएको अभिनय गर्छौ । अरुलाई आफू खुसी छु भन्ने देखाउँछौँ ।

    तर यसरी सम्बन्धलाई धेरै टाढासम्म पुर्याउन सकिँदैन । आफू खुसी नै नभएको सम्बन्धमा रहनु तनावपूर्ण हुन सक्छ । खासगरी त्यस्तो पार्टनरका लागि जो सम्बन्धमा आफ्ना सारा ऊर्जा लगाएर यसलाई फुलाउन फलाउन लागिपरेको छ । यसले उसको मस्तिष्क र शरीरमा पनि नराम्रो असर पर्न सक्छ । आजको यस लेखमा हामीहरु पार्टनर आफूसँग खुसी छ कि छैन भनेर पत्ता लगाउने केही संकेतहरुबारे कुराकानी गर्नेछौँ ।


    कुराकानीमा कमी

    कुनै पनि सम्बन्धमा कुराकानीमा कमी आउनु खतरनाक संकेत हो । तपाईँको पार्टनर एक्लै बस्ने कोसिस गरिरहेको छ, आफ्नो भावनाहरुलाई अभिव्यक्त गरिरहेको छैन या वार्तालाप वा कुराकानीबाट पछाडि हट्ने गरिरहन्छ भने यी सबै पार्टनर तपाईँसँग खुसी नहुनुको संकेत हुनसक्छ । यी सबै संकेतलाई चिनेर तपाईँले आफ्नो सम्बन्ध बलियो बनाउन केही राम्रो कदम चाल्न सक्नु हुन्छ ।


    भावनात्मक दूरी:

    कुनै पनि सम्बन्धमा भावनात्मक मजबुती हुन जरुरी छ । तर तपाईँलाई आफ्नो पार्टनर भावनात्मक रुपमा आफूसँग टाढिन खोजिरहेको छ वा टाढिरहेको छ जस्तो महसुस हुन थालेको छ भने यो उनी खुसी नभएको संकेत हो । पार्टनरसँग साथमा समय बिताउनुस् । एकअर्काको जीवनमा रुचि देखाउनुस् अनि पार्टनरसँगको सम्बन्ध बलियो बनाउने कोसिस गर्नुस् ।

    बानीमा परिवर्तन:

    तपाईँको पार्टनको दैनिक रुटिन वा बानी व्यहोरामा परिवर्तन आइरहेको छ भने यो पनि पार्टनर खुसी नभएको संकेत हुन सक्छ । पार्टनरसँग कुरा गरेर  परिवर्तनको कारणहरु सोध्नुस् ।

    चिढिने वा चिन्तामा रहनेः

    तपाईँको पार्टनर सानो सानो कुरामा पनि चिढिन थालेको छ, रिसाउने वा चिन्तित भएर बस्न थालेको छ भने यी सबै पनि असन्तुष्टिको संकेत हो । यसबारे पार्टनरसँग झगडा गर्ने वा रिसाउनुको सट्टा उसको अवस्था बुझ्ने कोसिस गर्नुस् । समस्या समाधानबारे सोच्नुहोस् ।

    भविष्यको योजना नबनाउनेः

    तपाईँको पार्टनरले तपाईँसँग भविष्यको कुनै योजना बनाइरहेको छैन । वा भविष्यबारे कुराकानी गर्न छाडेको छ भने यो  पनि सम्बन्धमा उ खुसी नभएको संकेत हो । कुरो बुझ्न भविष्यबारे कुराकानी गर्नुस् । एकअर्काको इच्छालाई बुझ्नुस् । भविष्यप्रति एकै खालको सोच बनाउनुस् ।

  • सम्बन्धित विषय:

  • # पार्टनर खुसी छैन भने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology