Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पायल्सले दिक्क बनाएको छ ? चिल्लो अनि मसला भएका खानेकुरा त्याग्नुहोस्

पायल्सले दिक्क बनाएको छ ? चिल्लो अनि मसला भएका खानेकुरा त्याग्नुहोस्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०८० बिहिवार • ०५:२६:४० बजे
  • 949
    SHARES
  • पायल्सले दिक्क बनाएको छ ? चिल्लो अनि मसला भएका खानेकुरा त्याग्नुहोस्

    अस्तव्यस्त जीवनशैली र सधैँको दौडधुपका कारण पायल्स पछिल्लो समय सामान्य रोग बन्दै गएको छ । मानिसहरू यो समस्याबाट राहत वा मुक्तिका लागि अनेकौँ उपायहरू अपनाइरहेका छन् । कोही डाक्टरकहाँ जँचाउन जान्छन् । कोही भने घरेलु उपचारदेखि खानपानमा सावधानी जस्ता उपायहरूको सहारा पनि लिइरहेका छन् ।

    images

    आजको यस लेखमा हामीहरू पायल्सका बिरामीका लागि छोटो समयमै प्रभावकारी हुन सक्ने केही खानेकुराबारे कुराकानी गर्न गइरहेका छौँ । आफ्नो दैनिक आहारमा यी चीजहरू समावेश गर्नुभयो तपाईँले एक हप्ता भित्रमा फरक महसुस गर्न थाल्नु हुनेछ । पायल्सका बिरामीले सबैभन्दा पहिले त धेरै चिल्लो अनि मसला भएका खानेकुरा त्याग्नु पर्छ ।

    आफ्नो आहारमा हरियो सागपात समावेश गर्नुहोस् । खानेकुरा पकाउँदा सकेसम्म कम तेल र मसलाको प्रयोग गर्नुहोस् । हरियो सागसब्जीमा भिटामिन, मिनरल्स र फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसलाई आहारमा समावेश गर्न थाल्नु भयो भने तपाईँले छिटै यसको असर देख्न थाल्नु हुनेछ । पायल्सबाट छिट्टै राहत मिल्नेछ ।

    गाजरको रस, चुकन्दरको जुस वा नरिवलको पानी मध्ये एउटालाई आहारमा समावेश गर्नुस् । यसले तपाईंको शरीरलाई भित्रैबाट सफा गर्छ र पाइल्सबाट पनि राहत दिन्छ । आजदेखि आफ्नो भोजनमा मैदा, अत्यधिक तेल अनि मसला, भुटेका वा तारेका खानेकुरा र चिनीयुक्त वस्तुहरू हटाउनुहोस् ।

    यी सबैले पाइल्सको समस्यालाई झनै खराब बनाउँछ । तरकारीलाई सकेसम्म कम तेलमा पकाएर खाने कोसिस गर्नुस् । दिनहुँ योग गर्नुहोस् । हरेक दिन साँझको समयमा कम्तीमा ३० मिनेट पैदल यात्रामा जानुस् वा घरवरिपरि टहल्नुस् । यी सबै गतिविधिले एक हप्ता भित्रमा पायल्सको समस्यामा फरक देख्न थाल्नु हुनेछ ।

    दैनिक भोजनमा उच्च फाइबरयुक्त आहार समावेश गर्नुपर्छ । गहुँको पीठोको सट्टा कोदो वा कोदोकै वर्गमा पर्ने बाजरा वा ज्वार, मकै आदिको रोटीलाई आफ्नो भोजनमा समावेश गर्नुहोस् । यी चीजहरूलाई आफ्नो आहारमा समावेश गर्नाले पेट त भरिन्छ नै आँटिलो हुने भएकोले बारम्बार भोक लागिरहने समस्या पनि कम हुन्छ ।

  • सम्बन्धित विषय:

  • # चिल्लो अनि मसला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology