Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुखबाट दुर्गन्ध किन आउँछ -दुर्गन्धबाट कसरी बच्ने ?

मुखबाट दुर्गन्ध किन आउँछ -दुर्गन्धबाट कसरी बच्ने ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १०, २०८० बिहिवार • ०८:४९:२४ बजे
  • 3.1K
    SHARES
  • मुखबाट दुर्गन्ध किन आउँछ -दुर्गन्धबाट कसरी बच्ने ?

    मुखबाट आउने दुर्गन्धले हामी मात्रै होइन अरू पनि असहज हुन्छन् । विवाह, पार्टी वा कुनै जमघटमा कुराकानी गरिरहेको समयमा मुखबाट दुर्गन्ध आउनु लाजको कारण बन्न सक्छ ।

    images

    तपाईंले पनि प्रायः यस्तै समस्याको सामना गर्नु परिरहेको छ कि ? यदि त्यस्तो हो भने जीवनशैलीमा केही परिवर्तन गरेर मुख वा सासको दुर्गन्धबाट बच्न सकिन्छ । आजको यस लेखमा हामीहरू सास गन्हाउने र मुखको दुर्गन्धबाट छुटकारा पाउने उपायहरू सिक्नेछौँ । तर यो भन्दा अगाडि सास गन्हाउनुको कारण थाहा पाऔँ ।


    मुखबाट दुर्गन्ध किन आउँछ ?


    मुख राम्ररी सफा नगर्दा पनि दुर्गन्ध आउँछ । मुखमा अड्किएका खानाका करणहरू रातभरमा ब्याक्टेरिया बन्छन् । यही ब्याक्टेरिया नै दुर्गन्धको कारण बन्छ । खानामा सल्फर वा कीटोन्स भएर पनि दुर्गन्ध आउँछ । सासमा दुर्गन्ध आउनु भनेको शरीरमा कुनै रोग हुनुको सङ्केत पनि हुन सक्छ ।


    असर
    –व्यक्तिको मानसिक स्थितिमा नराम्रो असर पार्छ ।


    –व्यक्ति हीन भावनाको शिकार हुन्छ । अनि एक्लै बस्न थाल्नेछ ।


    –व्यक्तिको छवि धूमिल भइदिन्छ ।

    –अरू मानिस कुराकानी गर्न वा सम्मुखमा पर्न मान्दैनन् ।

    मुखबाट आउने दुर्गन्धबाट छुटकारा पाउन यस्तो उपायहरू अपनाउन सकिन्छ 
    –दही खानुस् । यसले मुखमा हाइड्रोजन सल्फाइडको स्तर कम गर्छ । दहीमा भिटामिन डी पर्याप्त मात्रामा हुन्छ । यसले मुखको दुर्गन्ध भगाउँछ ।

    –उच्च फाइबरयुक्त तरकारी र अमिलो फल खानुस् । यसले पनि मुखको दुर्गन्ध हटाउँछ । कागती, सुन्तला र जामुन जस्ता अमिलो फलहरूले मुखको दुर्गन्धसँग लड्छ ।

    –सुगर–फ्री चुइङगम पनि मुखको दुर्गन्ध कम गर्न उपयोगी हुन्छन् ।

    – पानीको कमी भयो भने मुख सुक्छ अनि यो पनि दुर्गन्धको कारण बन्न सक्छ । पर्याप्त पानी पिउनुस् । मुखमा दुर्गन्ध उत्पन्न गर्ने ब्याक्टेरिया नष्ट हुन्छन् । सास ताजा हुनेछ ।

    –खाना खाने बित्तिकै मुख राम्ररी कुल्ला गर्नुस् । मुखमा खानाका कण रहनु हुन्न ।

    बारम्बार ब्रस र फ्लसिङ गर्नले मुखभित्र रहेका खानाका कण र प्लाक हटाउन मद्दत मिल्छ । सासको दुर्गन्ध बढ्नुको मुख्य कारण यी दुई हुन् । जिब्रोको सतहमा हुने कीटाणुहरूको कारणले गर्दा सास गन्हाउने समस्या उत्पन्न हुन सक्छ । दाँत माझ्दा जिब्रो पनि सफा गर्नुस् । यसो गर्दा सास गन्हाउने वा मुखबाट दुर्गन्ध आउने समस्या कम हुन्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology