Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्वास्थ्यका लागि हानिकार छन् बिहानका यस्ता बानी

स्वास्थ्यका लागि हानिकार छन् बिहानका यस्ता बानी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०८० शनिवार • ०६:१६:०० बजे
  • 973
    SHARES
  • स्वास्थ्यका लागि हानिकार छन् बिहानका यस्ता बानी

    दिनचर्या स्वस्थ छ भने तपाईँले धेरै प्रकारका रोगहरूबाट बच्न सक्नु हुनेछ । खास गरी बिहान उठ्ने बित्तिकैका केही बानीबारे हामी सबै सतर्क हुन जरुरी छ । यसको प्रत्यक्ष प्रभाव हाम्रो स्वास्थ्य र उत्पादकत्वमा देखिन्छ । स्वास्थ्य विज्ञहरू भन्छन् बिहानको बानी राम्रा छन् भने सारा दिन राम्रो अनि ऊर्जाले भरिपूर्ण हुन्छ । बिहानका केही बानीले दिमागलाई सकारात्मक र शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न विशेष योगदान पुर्‍याउन सक्छ ।

    images

    जीवनमा स्वास्थ्यलाई प्राथमिकता दिनु महत्त्वपूर्ण छ र यसका लागि तपाईँले बिहान राम्रा बानीहरू अपनाउनु महत्त्वपूर्ण भएको पोषणविद्हरू पनि भन्छन् । बिहान सबेरै उठ्नेदेखि खानपानमा केही परिवर्तन हेरफेर स्वास्थ्यका लागि धेरै हिसाबले फाइदाजनक हुन सक्छ । सबै मानिसले स्वस्थ दिनचर्या पालना गर्नु जरुरी छ । तपाईँका पनि यस्ता खराब बानीहरू छन् भने अहिले नै त्याग्ने निर्णय गर्नुस् ।

    अलार्म बारम्बार स्किप गर्ने

    बिहान सबेरै ओछ्यानबाट उठ्नु हामी मध्ये धेरैका लागि सबैभन्दा गाह्रो काम हुन सक्छ । के तपाई पनि एक क्षण भएपनि सुत्ने हो भन्दै प्रायः बिहानको अलार्म स्किप गर्न बारम्बार स्नुज बटन थिचिरहनु हुन्छ ? यदि हो भने तुरुन्तै यो बानी सुधार्नुस् । अलार्म स्नुज गरिरहँदा बिहान सबेरै उठ्ने बानी प्रभावित हुन सक्छ । बिहान सबेरै उठ्नु हाम्रो शारीरिक र मानसिक स्वास्थ्य दुवैको लागि राम्रो हुन्छ भनेर अध्ययनहरूले पनि देखाएका छन् ।

    चिया वा कफीबाट दिनको सुरुवात नगर्ने

    चिया र कफीमा क्याफिन पाइन्छ ।  यसले तपाईँलाई केही समयको लागि ऊर्जा त दिन्छ, तर बिहान खाली पेटमा वा धेरै मात्रामा क्याफिनको सेवन गर्दा धेरै प्रकारका साइड इफेक्ट निम्तन सक्छ । धेरै मात्रामा क्याफिनको सेवन गरियो भने निद्रामा खलल उत्पन्न  गराउँछ । चिन्ता र मुड स्विङजस्ता समस्या निम्त्याउन सक्छ । यसबाहेक क्याफिनको उच्च सेवनले मुटुको स्वास्थ्यमा पनि प्रतिकूल असर पार्न सक्छ।

    बिहानको खाजा नछाड्ने

    बिहानको खाजा नखाँदा तौल घटाउन मद्दत गर्छ भन्ने धेरैको विश्वास छ । तर वास्तवमा यो बानीले फाइदा होइन हानि गर्छ । बिहानको खाजा नखाँदा उल्टै मोटोपना, मधुमेह र मुटुसम्बन्धी समस्याको जोखिम बढ्छ । बिहान उठेको २ घण्टाभित्र ब्रेकफास्ट खानु पर्छ भन्ने केही अध्ययनले पनि देखाएका छन् । बेलुकाको खाना खाएपछि ९–१० घण्टासम्म हाम्रो पेटमा केही पनि गएको हुन्न । यस्तोमा बिहान नास्ता वा ब्रेकफास्ट नगर्दा शरीरमा कमजोरी हुन सक्छ । शरीरलाई स्वस्थ राख्नको लागि पौष्टिक नास्ता खानु सबैभन्दा महत्त्वपूर्ण बानीमध्ये एक हो ।

    व्यायामको लागि समय ननिकाल्नु

    गतिहीन जीवनले रोगहरू बढाउने विभिन्न अनुसन्धानमा पाइएको छ । तपाईँ पनि बिहान व्यायाम गर्नुहुन्छ भने यसले शरीरलाई ऊर्जा दिन्छ र मस्तिष्कमा खुसीको हर्मोन बढाउँछ । तर व्यायाम नगर्दा हृदयाघात, स्ट्रोक र श्वासप्रश्वासमा समस्या, ओस्टियोपोरोसिसका साथै तौल बढ्ने र मोटोपनजस्ता रोगको जोखिम बढ्छ । स्वस्थ रहनका लागि हरेक दिन कम्तीमा ३० मिनेट शारीरिक क्रियाकलापका लागि समय निकाल्नुपर्छ ।

  • सम्बन्धित विषय:

  • # बिहानका यस्ता बानी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology