Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

होमवर्क गराउँदा गराउँदै अभिभावकहरूलाई हर्ट अट्याक हुन थालेपछि....

होमवर्क गराउँदा गराउँदै अभिभावकहरूलाई हर्ट अट्याक हुन थालेपछि....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २८, २०८० सोमवार • ०४:४१:५६ बजे
  • 838
    SHARES
  • होमवर्क गराउँदा गराउँदै अभिभावकहरूलाई हर्ट अट्याक हुन थालेपछि....

    चीनमा बालबालिकाहरूको होमवर्क गराउँदा अभिभावकहरूलाई हर्ट अट्याक र स्ट्रोकका घटना बढेका छन् । चीनमा व्यस्त जीवन र रोजगारीका कारण पछिल्लो समय जिन्दगी तनावमय बन्न थालेको छ । यस्तो समयमा छोराछोरीको होमवर्क टाउको दुखाइको अर्को कारण बन्ने गरेको छ ।

    images

    होमवर्क गराउँदा गराउँदै अभिभावकहरूमा हर्ट अट्याकका घटना बढेका छन् । ओडिटी सेन्ट्रल न्यूज वेबसाइटका अनुसार जनवरीको एउटा साँझमा हङचाउ प्रान्तमा डोङ्ग नाम गरेकी एक ४० वर्षीय महिला आफ्नो छोरालाई गणित पढाइरहेकी थिइन् । जति सिकाउँदा पनि छोराले हिसाब मिलाउन जानेन । बच्चाको गल्तीका कारण उनी यति रिसाइन् कि एक्कासि ठूल्ठूलो स्वरले कराउन थालिन् । लगत्तै उनलाई टाउकोमा असह्य पीडा हुन थाल्यो । उल्टी आउन लाग्यो । केहीबेर पल्टिँदा समेत आराम नमिलेपछि उनी अस्पताल गइन् । सिटी स्क्यान गर्दा महिलालाई सबऐरकनाइड ह्यामरेज भएको थाहा भयो । यो एक खाले स्ट्रोक नै हो । लामो समयसम्म तनावमा रहँदा यस्तो हुन्छ । चीनमा यस्ता घटनाहरू बढेका छन् ।

    पढाइरहँदा भइरहेको छ हर्ट अट्याक जनवरी १३ मा पनि चीनमा यस्तै खालको घटना भएको थियो । जियांगसू प्रान्तको लियांगयुयांग सहरमा ३७ वर्षीय महिलालाई हर्ट अट्याक भयो । चार कक्षामा पढ्ने आफ्नो छोरालाई गणित पढाइरहेकी थिइन् उनी । बच्चालाई बारम्बार एउटा हिसाब सम्झाउने कोसिस गरिरहेकी थिइन् । तर पनि छोराले बुझ्दै बुझेन । महिलालाई यति धेरै रिस उठ्यो कि कराएर बोल्न थालिन् । त्यति नै बेला उनको छातीमा पीडा सुरु भयो ।

    आफूले नसकेपछि उनले ६ कक्षामा पढ्ने जेठो छोरालाई भाइलाई हिसाब सिकाउन पठाइन् । तर पनि कान्छो छोराले हिसाब बुझेन । यो देखेर महिलालाई फेरि रिस उठ्यो । यति नै बेला उनो छाती फेरि दुख्न थाल्यो । जमिनमा ढलिन् । ज्यान असिन पसिन भयो । छोराहरूले बाबुलाई फोन गरे । अस्पतालमा महिलालाई टाइप ए एओर्टिक डिसेक्सन भएको थाहा भयो । उनको आकस्मिक शल्यक्रिया गर्नुपर्ने भयो ।

    महिलाको एओर्टाको प्रोस्टेरियर वालमा करिब २ सेमीको प्वाल परेको थियो । ७ घण्टासम्मको अपरेसनपछि बल्ल डाक्टरहरूले त्यो प्वाल टाल्न सके । सन् २०१९ र सन् २०२० मा पनि चीनमा छोरालाई हिसाब पढाइरहेको बेलामा एक महिला र पुरुषलाई पनि हर्ट अट्याक भएको थियो ।

    महिलाहरू घर र जागिरको कामका कारण निरन्तर तनाव र एङ्गजाइटी रहने गरेका छन् । यस्तोमा छोराछोरीको होमवर्क तनावको अर्को कारण बनेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology