Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मिर्गौला स्वास्थ्यका लागि यी ५ सुपरफुड

मिर्गौला स्वास्थ्यका लागि यी ५ सुपरफुड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०८० शनिवार • ०४:५८:२० बजे
  • 1.3K
    SHARES
  • मिर्गौला स्वास्थ्यका लागि यी ५ सुपरफुड

     मिर्गौला हाम्रो शरीरको त्यो अङ्ग हो जसले रगत सफा गर्छ र शरीर फोहोर पदार्थलाई बाहिर निकाल्छ। स्वस्थ रहनका लागि मिर्गौला स्वस्थ हुनु अति आवश्यक छ । तपाईंले आफ्नो आहारमा केही ‘सुपरफुड’हरू समावेश गरेर आफ्नो मिर्गौला स्वस्थ राख्न सक्नुहुन्छ। यस्ता ५ सुपरफुडका बारेमा जानौँ :

    images


    मिर्गौलाका लागि हरियो सागपातहरू:


    हरियो सागपातहरू जस्तै पालक, तोरी र मेथी पौष्टिक तत्त्वहरूले भरिपूर्ण हुन्छन्। यसमा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट मात्रै नभएर पोटासियमको मात्रा पनि कम हुन्छ। पोटासियम नियन्त्रण गर्नु मिर्गौलाका लागि फाइदाजनक हुन्छ ।


    बेरी: 
    स्ट्रबेरी, ब्लुबेरी, रास्पबेरी र क्रेनबेरीजस्ता जामुनमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। यी एन्टिअक्सिडेन्टहरूले मिर्गौलालाई हानिकारक तत्त्वहरूबाट बचाउँछन्। यसमा थोरै मात्रामा सोडियम, पोटासियम र फस्फोरस हुन्छ, जुन मिर्गौलाका लागि राम्रो हुन्छ।


    मिर्गौलाको लागि जैतुनको तेल: 
    जैतुन (ओलिभ) को तेल मा स्वस्थ बोसो पाइन्छ। यी बोसो मिर्गौलाका लागि फाइदाजनक हुन्छन् ।

    साल्मन:
    ओमेगा–३ फ्याटी एसिड साल्मन जस्ता फ्याटी माछामा पाइन्छ । ओमेगा–३ फ्याटी एसिडमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले मिर्गौलालाई स्वस्थ राख्न मद्दत गर्छ । यसबाहेक, साल्मन प्रोटिनको राम्रो स्रोत हो।

    लसुन:
    लसुनमा एलिसिन नामक तत्त्व पाइन्छ । एलिसिनमा एन्टिब्याक्टेरियल र एन्टी-इन्फ्लेमेटरी गुणहरू छन्। यी गुणहरूले मिर्गौला स्वस्थ राख्न मद्दत गर्छ। लसुनले रक्तचाप नियन्त्रण गर्न पनि मद्दत गर्छ, जसले मिर्गौलामा कम दबाब दिन्छ।

     

  • सम्बन्धित विषय:

  • # यी ५ सुपरफुड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology