Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तौल घटाउन यसरी गर्नुस् चिया सिडको प्रयोग

तौल घटाउन यसरी गर्नुस् चिया सिडको प्रयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०८१ आइतवार • १३:२०:२४ बजे
  • 901
    SHARES
  • तौल घटाउन यसरी गर्नुस् चिया सिडको प्रयोग

     हिजोआज धेरै मानिसहरू चिया सिड (बिउ)को सेवन गरिरहेका छन् । देख्नमा साना यी दाना पोषक तत्त्वहरूको खजाना हुन् । धेरैले यसलाई पानी वा दूधमा मिसाएर खाने गरेका छन् । यसलाई सलादमा ड्रेसिङको रूपमा पनि प्रयोग गरिन्छ । यसलाई भुटेर पनि खान सकिन्छ । 

    images


    पोषक तत्त्वको कुरा गर्दा चियाको दानामा फाइबर, प्रोटिन, ओमेगा–३ फ्याटी एसिड, एन्टिअक्सिडेन्ट, कपर, आइरन, म्याग्नेसियम, क्याल्सियम, फस्फोरस आदि प्रशस्त मात्रामा पाइन्छ । कतिपयले तौल घटाउनकै लागि चियाको बीउ खाने गरेका छन् । त्यसोभए चिया सिड खाँदा वजन घटाउन मद्दत मिल्छ त ?


    आफ्नो आहारमा चियाको दाना समावेश गर्दा स्वतः वजन घट्दैन । तपाई पनि तौल घटाउन खोज्दै हुनुहुन्छ भने सन्तुलित र पौष्टिक आहार सेवन गर्नु उपयोगी साबित हुन सक्छ । चिया सीडमा प्रोटिन र फाइबर भरपुर मात्रामा पाइन्छ । यी दुवै तौल घटाउनमा सहयोगी हुन्छन् । 


    चिया सीड र अदुवा दुवैले भोक घटाउन सहयोग गर्ने केही अध्ययनले देखाएका छन् । लामो समयसम्म पेट भरिएको महसुस हुँदा के खाऊँ के खाऊँ हुँदैन । अतिरिक्त क्यालोरीको उपभोग गर्नबाट बचिन्छ । यसले पेटमा जम्मा भएर बस्ने बोसोसहित तौल घटाउन सहयोग गर्न सक्छ ।

    तौल घटाउन यसरी गर्नुस् चिया सिडको प्रयोग:

    १. चिया सिडमा धेरै फाइबर हुन्छ । त्यसैले यसले छिट्टै भोक लाग्नबाट रोक्छ । बिहान स्मुदीमा एक चम्चा चिया सिडलाई मिसाएर खान सकिन्छ ।

    २. सलादमा केही दाना चिया सिड राखेर खान सकिन्छ ।

    ३. चियाको दानालाई पिसेर सोही धुलोबाट केही बनाउन सकिन्छ । चिया सिडको धुलो वा सिङ्गै दानालाई दूधमा मिसाएर पिउन पनि सकिन्छ ।

    ४. चिया सिड पानी पनि सेवन गर्न सकिन्छ । एक चम्चा चिया सिडलाई एक गिलास पानीमा हालेर २०–३० मिनेटसम्म छोड्नुहोस् । त्यसपछि सिड भिजाउन राखिएको पानीलाई पिउन सकिन्छ ।

    ५. चकलेट, सुकेका बदाम, ड्राई फ्रुट्स, फर्सीलगायत बियाँहरू आदि मिसाएर बनाइने ट्रेल मिक्समा पनि चिया सिडलाई हालेर खान सकिन्छ । 

  • सम्बन्धित विषय:

  • # चिया सिडको प्रयोग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology