Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रगतमा खराब कोलेस्ट्रलको मात्रा बढ्यो भने हृदयाघातको जोखिम

रगतमा खराब कोलेस्ट्रलको मात्रा बढ्यो भने हृदयाघातको जोखिम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०८१ शनिवार • ०६:०६:०२ बजे
  • 1.1K
    SHARES
  • रगतमा खराब कोलेस्ट्रलको मात्रा बढ्यो भने हृदयाघातको जोखिम

    हाम्रो शरीरमा गुड र ब्याड गरी दुई थरी कोलेस्ट्रल हुन्छन् । ब्याड अर्थात् खराब कोलेस्ट्रलले हाम्रो मुटुको स्वास्थ्यलाई हानि पुर्‍याउँछ भनेर हामीले धेरै पटक सुन्दै आएका छौँ । खराब कोलेस्ट्रल स्वास्थ्यका लागि हानिकारक साबित हुने विश्वास गरिन्छ भने राम्रो कोलेस्ट्रल राम्रो मानिन्छ ।

    images

    अब तपाईँको मनमा पनि गुड कोलेस्ट्रल हाम्रो शरीरको लागि साँच्चै राम्रो छ त भनेर प्रश्न उठेको हुन सक्छ । हाम्रो शरीरमा उच्च र कम घनत्व भएको दुई थरी लिपोप्रोटिन हुन्छ । उच्च घनत्व भएको लिपोप्रोटिन (एचडीएल)लाई राम्रो कोलेस्ट्रोल भनिन्छ । कम घनत्व भएको लिपोप्रोटिन (एलडीएल)लाई भने खराब कोलेस्ट्रल भनिन्छ ।

    कोलेस्ट्रलको स्तरले विशेष गरी मुटुको कार्यप्रणालीलाई असर गर्छ । रगतमा खराब कोलेस्ट्रलको मात्रा बढ्यो भने हृदयाघात र स्ट्रोकको जोखिम बढ्छ । रगतमा खराब कोलेस्ट्रल १०० एमजी/डीएल भन्दा कम हुनु सामान्य मानिन्छ । राम्रो कोलेस्ट्रोल चाहिँ रगतमा ५० एमजी/डीएल भन्दा बढी हुनुपर्छ । रगतमा कुल कोलेस्ट्रल २०० एमजी/डीएल भन्दा कम नै हुनुपर्छ । कोलेस्ट्रल रगतमा हुने मैन जस्तै पदार्थ हो ।

    यसको मात्रा धेरै भयो भने यो रगतको धमनीमा जम्मा हुन थाल्छ र मुटु अनि मस्तिष्कमा हुने रक्त प्रवाहमा बाधा पुर्याउन थाल्छ । यसले हृदयघात र स्ट्रोक निम्त्याउँछ । त्यसैले कोलेस्ट्रलप्रति लापरवाह बन्नु हुन्न । समय समयमा जाँच गराइरहनु पर्छ । एचडीएल स्वास्थ्यका लागि फाइदा जनक भएको मुटुरोग विशेषज्ञहरू बताउँछन् ।

    रगतमा राम्रो कोलेस्ट्रलको स्तर सामान्य छ भने, यसले रगतको धमनीहरूमा जम्मा भएको खराब कोलेस्ट्रललाई दिसाको माध्यमबाट शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ । राम्रो कोलेस्ट्रलले धमनीहरूमा प्लाक जम्मा हुनबाट रोक्छ र रक्त प्रवाह राम्रो बनाउन मद्दत गर्छ । यसरी हृदयघात र स्ट्रोकको जोखिम कम हुन्छ ।

    गुड राम्रो कोलेस्ट्रलले कोशिकाहरूलाई स्वस्थ राख्छ र धमनीमा रगत जम्न दिँदैन । हाम्रो रगतमा एचडीएलको मात्रा ५० एमजी/डीएलसम्म हुनुपर्छ । एचडीएल यो स्तरभन्दा कम भए पनि धेरै गम्भीर रोगको जोखिम बढ्छ ।

    यो स्तरभन्दा धेरै भयो भने पनि शरीरलाई हानि गर्न थाल्छ । एचडीएलको स्तर धेरै भएको अवस्थामा हृदयलाई खराब कोलेस्ट्रलबाट बचाउन बन्द गर्छ र मृत्युको जोखिम बढ्न सक्छ । यसको स्तर अचानक अत्यधिक घट्ने वा ह्वात्तै बढ्ने सम्भावना कम हुन्छ । रोगका कारण यसमा उतारचढाव आउन सक्छ ।

  • सम्बन्धित विषय:

  • # हृदयाघातको जोखिम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology