Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एसईईमा एनजी आएका ५ विद्यार्थीको पुनर्योगपछि ४ जीपीए

एसईईमा एनजी आएका ५ विद्यार्थीको पुनर्योगपछि ४ जीपीए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०८१ बिहिवार • ०४:५४:१४ बजे
  • 715
    SHARES
  • एसईईमा एनजी आएका ५ विद्यार्थीको पुनर्योगपछि ४ जीपीए

    माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एनजी (ननग्रेडेड) आएका पाँच जना विद्यार्थीको पुनर्योगपछि (रिटोटलिङ) चार जीपीए आएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत असार असार १३ गते सार्वजनिक गरेको एसईईको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ ।

    images

    जसमा चार हजार २९७ जना विद्यार्थीको पुनर्योगको नतिजा सार्वजनिक गरिँदा पाँच जना एनजी आएका विद्यार्थीको चार जीपीए आएको हो । पुनर्योगको ५९ विद्यार्थीको नतिजा परिवर्तन भएर चार जीपीए आएको छ ।

    बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो । उक्त क्रममा १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए ।

    प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरेको छ । एसईईको नतिजामा एनजी आएका पाँच जना विद्यार्थीले भने पुनर्योगपछि चार जीपीए ल्याएका हुन् ।

    २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले धेरै अङ्क इन्ट्री गर्दा, केही टाइपिङ गलत हुँदा नतिजा फरक परेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पुनर्योगपछि ४ जीपीए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology