Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एक्टिभ रहन चाहनुहुन्छ ? खानुस् बिहानै यी घरेलु एनर्जी ड्रिङ्क्स

एक्टिभ रहन चाहनुहुन्छ ? खानुस् बिहानै यी घरेलु एनर्जी ड्रिङ्क्स

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०८१ सोमवार • ०४:१२:५६ बजे
  • 871
    SHARES
  • एक्टिभ रहन चाहनुहुन्छ ? खानुस् बिहानै यी घरेलु एनर्जी ड्रिङ्क्स

    नेपालीहरू चिया र कफीका सौखिन धेरै छन् । अधिकांशले हरेक दिनको सुरुवात चिया वा कफीको साथमा गर्छन् । तर खाली पेटमा क्याफिनको सेवनले पेट सम्बन्धी समस्या निम्त्याउन सक्छ । 

    images


    यसले व्यक्तिको ऊर्जामा पनि असर पर्न सक्छ । यस्तो अवस्थामा बिहान उठ्ने बित्तिकै के खाने त ? स्वस्थ रहन दिनको सुरुवात केबाट गर्ने त ? यो प्रश्न धेरैको मनमा आउन सक्छ ।


    दिनभर सक्रिय रहन स्वस्थ घरेलु पेय पदार्थ सेवन गर्नुपर्छ भनेर विज्ञहरू भन्छन् । पौष्टिक तत्त्वहरूले भरिपूर्ण यी पेयहरूले वर्षाको समयमा हामीलाई ताजा र हाइड्रेटेड राख्न मद्दत गर्छ । यसले दिनभर सक्रिय रहन पनि सघाउँछ । तपाई पनि दिनभर ऊर्जावान् रहन चाहनु हुन्छ भने घरमै बनाएर यी एनर्जी ड्रिङ्क्स पिउन सक्नु हुन्छ ।


    अमलाको जुसः
    स्वादमा अमिलो हुने अमलाको जुस हरेक मौसममा रोग प्रतिरोधात्मक क्षमता बढाउन उत्कृष्ट विकल्प हो । अमलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । यसले छाला र कपाललाई धेरै फाइदा पुर्‍याउँछ । मन पर्छ भने अमलाको जुसमा काँक्रो, ज्वानु र अदुवा मिसाएर पनि पिउन सकिन्छ ।

    गाजरको जुसः
    आफूलाई दिनभर सक्रिय राख्न गाजरको जुस अर्को राम्रो विकल्प हो । यसबाट पोटासियम र भिटामिन सी त पाइन्छ नै प्रोभिटामिन ए पनि प्रशस्त मात्रामा पाइन्छ । गाजरको जुस पिउनाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भने यसले आँखा र छालाको स्वास्थ्यमा पनि निकै फाइदा पुर्‍याउँछ ।

    स्याउको जुस
    सक्रिय रहन स्याउको जुस अर्को राम्रो विकल्प हो । स्याउ र यसको जुसमा भिटामिन फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । स्याउमा पाइने फाइबरले पेटको स्वास्थ्यमा सुधार गर्छ ।

    सुन्तलाको जुस
    विज्ञहरूका अनुसार भिटामिन सीले भरपुर सुन्तलाको जुसमा रोग प्रतिरोधात्मक क्षमता बढाउने क्षमता हुन्छ । वास्तवमा यो जुस प्राकृतिक एनर्जी बूस्टरको रूपमा काम गर्दछ । यसको सेवनले तपाईं कयौँ घण्टासम्म तरोताजा महसुस गर्न सक्नु । यसलाई घरमा सजिलै तयार पारेर पिउन सकिन्छ ।

    कागती पानी
    गर्मी मात्रै होइन वर्षायाममा पनि कागती पानी पिउन सकिन्छ । कागतीमा पाइने भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । मन पर्छ भने यो जुसमा पुदिनाको पात र थोरै मह मिसाएर पनि खान सकिन्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology