Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यौन जीवनलाई उत्कृष्ट बनाउन खानुहोस् यी खानेकुरा

यौन जीवनलाई उत्कृष्ट बनाउन खानुहोस् यी खानेकुरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०८१ आइतवार • ०४:३५:१६ बजे
  • 1.0K
    SHARES
  • यौन जीवनलाई उत्कृष्ट बनाउन खानुहोस् यी खानेकुरा

     मानिसका लागि यौन अपरिहार्य नै छ । त्यसमा पनि आफ्नो पार्टनरसँगको सम्बन्ध बलियो बनाइराख्नका लागि यौनको महत्वपूर्ण भूमिका हुन्छ । 

    images


    यौन जीवनलाई उत्कृष्ट बनाउनका लागि मानिसहरु विभिन्न प्रकारको तरिका अपनाउने गर्छन् । तर के तपाईंलाई दैनिक खानपिनले पनि यौन जीवनमा प्रभाव पारिरहेको हुन्छ भन्ने थाहा छ ? 


    यौन सम्बन्ध अघि तपाईं जे खानुहुन्छ त्यसको असर यौन शक्तिमा पर्ने गर्छ । विशेषज्ञले यौन सम्बन्ध स्थापित गर्नु अघि के खाने र के नखाने भन्ने सल्लाह दिएका छन् । यौन शक्ति र फर्टिलिटी बढाउनका लागि अनार अत्यधिक फाइदाजनक मानिन्छ ।


    विशेषज्ञका अनुसार अनारको जूस पिउँदा मूड राम्रो हुन्छ र रक्त सञ्चारमा पनि सुधार आउँछ । यसले टेस्टोस्टेरोनकोस्तर पनि बढाउँछ ।  हामीले यो लेखमा यौन जीवनका लागि सकारात्मक प्रभाव पार्ने खानेकुराहरूबारे चर्चा गरेका छौँ :- 


    चकलेट
    चकलेट र रोमान्सको गहिरो नाता छ । चकलेट खाँदा सरोटोनिक हर्मोन बन्ने गर्छ जसले मूड राम्रो बनाउँछ । यौन सम्बन्ध स्थापित गर्नुअघि चकलेट खाँदा तनाव कम हुन्छ र यौन इच्छा जागृत हुन्छ । यसका साथै चकलेटमा फेलिलएलथाइलमाइन हुन्छ जसले यौन इच्छा बढ्ने गर्छ । 


    पालुङ्गो
    हरियो पालुङ्गोमा अत्यधिक म्याग्नेसियम पाइन्छ जसले टेस्टोस्टेरोनको स्तर बढाउने काम गर्छ । पालुङ्गोमा आइरन पाइन्छ जसका कारण सेक्स ड्राइभ बढ्ने गर्छ । यो विशेषगरी महिलाको यौन इच्छा र सन्तुष्टि बढाउन सहयोगी छ । ‘हाई सेक्स ड्राइभ’ का कारण चिन्तित हुनुहुन्छ ? विशेषज्ञबाट थाहा पाउनुहोस् यसको कारण र उपचारको तरिका

    खरबुजा
    खरबुजामा साइट्रिनलाइन नामको एमिनो एसिड हुन्छ । शरीरमा प्रवेश गरेपछि यो आर्जिनिन एमिनो एसिडमा परिवर्तन हुन्छ । यसका कारण रक्त कोसिकाले आराम पाउँछ जसका कारण यौनाङ्गले राम्रोसँग काम गर्न सक्छ । खरबुजाले शरीरमा त्यस्तै काम गर्छ जस्तो इरेक्टाइल डिसफंक्सन रोक्नका लागि भियग्राले गर्छ । 

    एभोकाडो
    क्रिमले भरपुर यो फलमा हेल्दी फ्याट र फाइबर हुन्छ । एभोकाडो खाँदा भित्रैदेखि ऊर्जा मिल्छ । त्यसैले विशेषज्ञ यौन सम्बन्ध स्थापित गर्नुअघि एभोकाडो खान सल्लाह दिन्छन् । यसबाहेक महिलालाई महिनावारीका बेला हुने थकान र चिड्चिडापनलाई हटाएर मूडलाई रोमान्टिक बनाउन पनि मद्दत गर्छ । 

    स्ट्रबेरी
    स्ट्रबेरी भिटामिन सीले भरपुर हुन्छ जसका कारण तनाव कम हुन्छ र यौन इच्छा बढ्ने गर्छ । स्ट्रबेरी खाँदा शरीरमा अक्सिटोसिन हर्मोन बन्छ जसलाई लभ हर्मोन पनि भनिन्छ । यसको सम्बन्ध यौन इच्छासँग हुन्छ । 

    कफी वा चिया
    कफी वा चियामा अत्यधिक क्याफिन पाइन्ट जसको असर स्नायू प्रणालीमा पर्छ । यसले यौन सम्बन्धका बेला पुरुषमा परफर्मेन्स एन्जाइटी हुन दिँदैन । क्याफिनले इरेक्टाइल डिसफंक्सनको सम्भावना पनि कम गर्छ । सुत्नु ठिक अघि कफी वा चिया नपिउनुहोस् नभए यसले समस्या निम्त्याउन सक्छ । 

    फ्याटी फिस
    साल्मन, सार्डिन् र मेकेरलजस्ता फ्याटी फिशमा भरपुर मात्रामा ओमेगा–थ्री पाइन्छ । यो हेल्दी फ्याटले शरीर सुन्निन कम हुन्छ जसका कारण यौन जीवन पनि राम्रो हुन्छ । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने ओमेगा–थ्रीका लागि फ्लेक्स सिड्स, चिया सिड्स वा ओखर खानुहोस् ।

  • सम्बन्धित विषय:

  • # यौन जीवन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology