Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यस्ता छन् केरा खानुका फाइदा

यस्ता छन् केरा खानुका फाइदा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०८१ शुक्रवार • ०५:१५:५८ बजे
  • 1.0K
    SHARES
  • यस्ता छन् केरा खानुका फाइदा

    केरा पौष्टिक फल हो । जसमा भिटामिन, मिनरल्स र फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसलाई सामान्यतः बिहानको खाजाको रूपमा खाइन्छ । 

    images


    तर खाली पेटमा केरा खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने जनविश्वास रहेको छ । तर के साँच्चै खाली पेटमा केरा खाँदा स्वास्थ्यलाई हानि गर्छ त ? यो लेखमा त्यही विषयमा चर्चा गर्दैछौँ । 


    केरा एउटा यस्तो फल हो, जुन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । यसमा पोटासियम, फाइबर, भिटामिन र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । 


    धेरै मानिसहरू यसलाई आफ्नो ब्रेकफास्टमा समावेश गर्दछन् वा जतिबेला उर्जा चाहियो त्यतिबेला केराको सेवन गर्छन् । तर खाली पेटमा केरा खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने मान्यता रहेको छ। 


    खाली पेटमा केरा खाँदा के हुन्छ ?

    खाँदा एसिडिटी र पेट फुल्नेः खाली पेटमा केरा खाँदा पेटमा एसिडिटी वा ग्याँसको समस्या हुनसक्छ भन्ने धारणा छ । तर, केराको पीएच लेभल लगभग ५–६ हुन्छ, जुन हल्का अम्लीय हुन्छ । तसर्थ, केरा नै एसिडिटीको मुख्य कारण हुने सम्भावना कम छ । पेट पहिले देखि नै संवेदनशील भएका वा पेटको समस्या भएकाहरूलाई यो समस्या हुन सक्छ ।

    म्याग्नेसियम र पोटासियमको असन्तुलनः केरामा पोटासियम र म्याग्नेसियम उच्च मात्रामा पाइन्छ, जुन मुटुको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर यसलाई खाली पेटमा खाँदा कतिपयको अचानक रगतमा म्याग्नेसियमको मात्रा बढ्छ, जसले मुटुमा असर पार्न सक्छ भन्ने विश्वास गरिन्छ । यद्यपि, सामान्य परिस्थितिमा, शरीर यो परिवर्तनलाई ह्यान्डल गर्न सक्षम हुन्छ ।

    रगतमा चिनीको उतारचढावः केरा प्राकृतिक चिनीको स्रोत हो र यसलाई खाली पेटमा खाँदा रगतमा चिनीको मात्रा चाँडै बढ्न सक्छ । यदि तपाईंलाई मधुमेह वा रगतमा चिनीसँग सम्बन्धित समस्या छ भने खाली पेटमा केरा नखानु नै वेश हुन्छ । अन्य कुनै खानेकुरासँग पनि नखानु राम्रो हुन्छ ।

    यद्यपि, खाली पेटमा केरा खानु सामान्य र स्वस्थ मानिसका लागि हानिकारक हुँदैन । वास्तवमा भन्ने हो भने यो खाजाको एक राम्रो विकल्प हुन सक्छ । यसले तत्कालै ऊर्जा पनि दिन्छ । तर कसैलाई एसिडिटी, ग्यास वा ब्लड सुगरको समस्या छ भने चाँहि असर सीमित होस् भनेर उसलाई अन्य चीजसँग खाने सल्लाह दिइन्छ ।

    खाली पेटमा केरा खाँदा हुने हानिकाबारेमा व्यापक गलत धारणाहरू पूर्णतया सत्य होइनन् । यद्यपि केही परिस्थितिहरूमा यो केही मानिसहरूको लागि असुविधाको कारण हुन सक्छ । अन्यथाः यो सुरक्षित र स्वस्थ विकल्प हो ।

    केरा खानुका फाइदा यस्ता छन् :- 

    केरामा पोटासियम, भिटामिन बी ६, भिटामिन सी र फाइबर राम्रो मात्रामा पाइन्छ, जुन हाम्रो शरीरका लागि फाइदाजनक हुन्छ ।

    पोटासियमको स्रोतः पोटासियम मुटु र मांसपेशीका लागि आवश्यक छ । यो रक्तचाप नियन्त्रण गर्न र हड्डी बलियो बनाउन पनि आवश्यक छ ।

    ऊर्जाको स्रोतः केराले छिट्टै ऊर्जा प्रदान गर्छ किनभने यसमा फ्रक्टोज, ग्लुकोज र सुक्रोज जस्ता प्राकृतिक चिनीहरू हुन्छन् । यो एथलीट र बालबालिकाहरूका लागि एक राम्रो खाजा पनि हो ।

    पाचनमा मद्दतः केरामा पाइने फाइबरले पाचन प्रणालीलाई सुधार्नुका साथै कब्जियत जस्ता समस्यालाई हटाउन पनि मद्दत गर्छ ।

    मुड सुधार्छः केरामा ट्रिप्टोफान नामक एमिनो एसिड हुन्छ, जसले सेरोटोनिनको स्तर बढाउन मद्दत गर्दछ । सेरोटोनिनले मुड सुधार्छ र तनाव कम गर्दछ ।

  • सम्बन्धित विषय:

  • # खानुका फाइदा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology