Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जुम्लाको गोप्थाडा गाउँमा छैनन् एसईई उत्तीर्ण व्यक्ति

जुम्लाको गोप्थाडा गाउँमा छैनन् एसईई उत्तीर्ण व्यक्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०८१ सोमवार • ०५:३६:१३ बजे
  • 1.2K
    SHARES
  • जुम्लाको गोप्थाडा गाउँमा छैनन् एसईई उत्तीर्ण व्यक्ति

    जुम्लाको तातोपानी गाउँपालिकाको गोप्थाडा गाउँमा एक जना पनि एसईई पास नभएको भेटिएको छ । तातोपानी गाउँपालिका वडा नम्बर २ स्थित गोप्थाडा गाउँमा दुई दर्जन बढी घरधुरी छन् । तर हालसम्म गाउँबाट एसईई पास गरेका एकजना पनि नभएको वडाध्यक्ष चन्द्रमान बुढाले बताए ।

    images

    शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख रमेश मल्लले पनि गाउँपालिकामा एसईई उत्तीर्ण व्यक्ति एकजना पनि नहुनु चिन्ताको विषय भएको भन्दै माथिल्लो कक्षा अध्ययनको सहज वातावरण बनाउन प्रयास गरिरहेको बताए । स्थानीय विद्यार्थीहरुलाई गाउँपालिकाले ट्युसन पढ्ने व्यवस्था गरिदिएको पनि उनले जानकारी दिए ।

    स्थानीय शेरबहादुर डाँगीका अनुसार अहिलेसम्म विभिन्न प्रयास भए पनि एसईई पास गर्न कसैले पनि सकेका छैनन् । उनका अनुसार गाउँमा कक्षा ३ सम्ममात्र पढाइ हुने विद्यालय छ । थप अध्ययन गर्नुपरे विद्यार्थीहरु तातोपानीको हिमशिखर मावि वा अरु कुनै विद्यालयमा जानुपर्छ । तर धेरैजसोले बीचमै पढाइ छाड्ने र रोजगारी खोज्दै भारत समेत जाने गरेका छन् ।

    गोप्थाडा गाउँमा कक्षा ३ सम्म सञ्चालन भइरहेको पैकेला आधारभूत विद्यालयका प्रधानाध्यापक बलबहादुर रावलले पनि गाउँबाट अहिलेसम्म कसैले पनि एसईई पास नगरेको बताए । तर अरु गाउँबाट बिहे गरी आएका दुई जना महिला भने एसईई उत्तीर्ण रहेका उनले बताए । गोप्थाडा गाउँबाट यो वर्ष भने ९ कक्षामा अध्ययनरत २ जना विद्यार्थी छन् ।

    स्थानीयका अनुसार सो गाउँका एक विद्यार्थी महेश डाँगी तातोपानीको हिमशिखर माविमा र विष्णुमाया डाँगी जुम्ला सदरमुकामको चन्दननाथ माविमा अध्ययनरत छन् ।

  • सम्बन्धित विषय:

  • # एसईई उत्तीर्ण व्यक्ति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology