Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खाली पेटमा कहिले पनि नखानुहोस् यी ५ चिज

खाली पेटमा कहिले पनि नखानुहोस् यी ५ चिज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०८१ सोमवार • ०५:०५:१४ बजे
  • 823
    SHARES
  • खाली पेटमा कहिले पनि नखानुहोस् यी ५ चिज

     बिहानको खाजा दिनभरि तपाईँको ऊर्जाको लागि आवश्यक इन्धन हो। बिहान सबभन्दा पहिले के खाने कुराले धेरै महत्त्व राख्छ। 

    images


    हामी सबैलाई थाहा छ कि राम्रो ब्रेकफास्टमा के समावेश हुनुपर्छ । तर, के तपाईँलाई थाहा छ, खाली पेटमा कुन खानाहरू खानुहुँदैन ? 


    केही खानेकुराले तपाईँको पाचन प्रणालीमा हानि पुर्‍याउन सक्छ, जसले पेट फुल्ने र एसिड रिफ्लक्स जस्ता समस्या निम्त्याउन सक्छ । जानौँ यी खानेकुराका बारेमा :


    कफी
    खाली पेटमा कफी पिउनाले पेटमा एसिडको उत्पादन बढ्न सक्छ, जसले एसिडिटी र ग्यासको समस्या निम्त्याउन सक्छ। यसमा पाइने क्याफिनले पेटको तहलाई नोक्सान पुर्‍याउन सक्छ, जसले पेटमा जलन र असहजता उत्पन्न गर्छ। कफी पिउनुअघि हल्का खानेकुरा खानु राम्रो हुन्छ ।


    सिट्रस फलफूल
    सिट्रस फलफूलमा एसिड बढी हुन्छ, जसले गर्दा खाली पेटमा खाँदा पेटको संवेदनशील तहलाई हानि पुर्‍याउँछ। यसले पेट दुख्ने, ग्यास र अल्सर जस्ता समस्या निम्त्याउन सक्छ। पाचनमा नकारात्मक असर नपरोस् भनेर बिहानको खाजापछि यसलाई खानु राम्रो हुन्छ ।

    मसालेदार खानेकुरा
    खाली पेटमा मसालेदार खानेकुरा खाँदा पेटमा   जलन र एसिडिटी हुन सक्छ। मसालेदार खानेकुराले पाचन प्रणालीलाई असर गर्न सक्छ र पेटको तहलाई क्षति पुर्‍याउँछ। यी खानेकुरा खानुअघि हल्का खानेकुरा खानुहोस् ।

    केरा
    खाली पेटमा केरा खाँदा अचानक शरीरमा म्याग्नेसियमको स्तर बढ्न सक्छ, जसले क्याल्सियम-म्याग्नेसियम सन्तुलनमा बाधा पुर्‍याउँछ। यसले हड्डी र मुटुको स्वास्थ्यलाई असर गर्न सक्छ। ब्रेकफास्टसँगै वा पछि केरा खानु राम्रो हुन्छ।

    गुलियो खानेकुराहरू:
    खाली पेटमा मिठाई खाँदा रगतमा चिनीको मात्रा द्रुत रूपमा बढ्न सक्छ र त्यसपछि अचानक घट्छ । यसले थकान र ऊर्जाको कमी हुन सक्छ। यस्तो अवस्थामा आफ्नो दिनको सुरुवात सन्तुलित आहारबाट गर्नुहोस्।

     

  • सम्बन्धित विषय:

  • # नखानुहोस् यी ५ चिज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology