Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चिसोयाममा किन पिउनु हुन्न चिसो पानी

चिसोयाममा किन पिउनु हुन्न चिसो पानी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २४, २०८१ बुधवार • ०७:४०:०६ बजे
  • 1.3K
    SHARES
  • चिसोयाममा किन पिउनु हुन्न चिसो पानी

    हिउँदका दिनमा चिसो सिरेटोबाट बच्न हामी न्याना लुगा लगाउँछौं अनि ज्यानलाई तातो राख्न तात्तातो चिया कफी पिउँछौँ । हामीमध्ये केही त पानी पनि तातै बनाएर पिउँछौँ । हिउँदको मौसममा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ भनेर विज्ञहरू भन्छन् ।

    images

    चिसो पानीको सेवनले तपाईंको शरीरको तापक्रम र पाचन प्रणालीमा नकारात्मक असर पार्न सक्छ । जाडोमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक मात्र होइन, यसले अन्य कयौँ समस्या पनि निम्त्याउन सक्छ । जाडोमा चिसो पानी पिउनु हुन्न भनेर त भनिन्छ । तर यसो गर्न नहुनुका कारण तपाईँलाई थाहा छ ?


    यस्ता छन् कारणहरू:

    पाचन प्रणालीमा असर
    चिसो पानीले हाम्रो पाचन प्रणालीलाई सुस्त बनाउन सक्छ । चिसो पानी पिउँदा यसले आन्द्रा र पेटको मांसपेशीहरूलाई संकुचित बनाउँछ । यसको नतिजास्वरुप खाना राम्ररी पच्न सक्दैन र ग्यास, एसिडिटी र अपच जस्ता समस्या हुन सक्छ ।

    शरीरको तापमानमा असंतुलन

    चिसो पानीले शरीरको प्राकृतिक तापक्रमलाई असन्तुलित गर्न सक्छ । जाडोमा शरीर पहिला देखि नै चिसोसँग जुधिरहेको हुन्छ । यस्तोमा चिसो पानी पिउँदा सामान्य तापक्रम कायम राख्न शरीरले निकै मिहिनेत गर्नुपर्ने हुन्छ । यसका कारण ऊर्जा गुम्छ र चिसो लाग्ने जोखिम पनि बढ्छ ।

    प्रतिरक्षा प्रणालीमा प्रभाव

    जाडोमा चिसोका कारण प्रतिरक्षा प्रणाली पहिलेको भन्दा कमजोर भएको हुन्छ । चिसो पानी पिउँदा घाँटी दुख्ने र इन्फेक्सन हुने खतरा बढ्छ । यसले रुघाखोकी र ज्वरो जस्ता समस्यालाई अझ गम्भीर बनाउन सक्छ ।

    श्वासप्रश्वाससम्बन्धी रोगहरूको जोखिम

    जाडोमा चिसो पानी पिउँदा श्वासप्रश्वासको नलीमा नराम्रो असर पर्छ । यसले ब्रोन्काइटिस वा दम जस्ता रोगहरू बढाउन सक्छ । यदि कसैलाई पहिलेदेखि नै श्वासप्रश्वासको समस्या छ भने चिसो पानी पिउँदा अवस्था झनै बिग्रन सक्छ ।

    मुटुको धड्कनमा असर

    धेरै चिसो पानी पिउँदा शरीरका रक्तनलीहरू खुम्चिन सक्छ । यसले रक्तप्रवाहमा नकारात्मक असर पार्छ । मुटुको धड्कन असामान्य बनाउन सक्छ र थकित महसुस हुन सक्छ ।

    त्यसो भए के गर्ने ?

    जाडोमा मनतातो पानी पिउने बानी बसाल्नुहोस् । यसले पाचन प्रणालीलाई त स्वस्थ राख्छ नै प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ । मनतातो पानी पिउनाले शरीरलाई आराम मिल्छ र चिसोको असर पनि कम हुन्छ ।

    अस्वीकरण : यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार  पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।

  • सम्बन्धित विषय:

  • # पिउनु हुन्न चिसो पानी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology