Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

किन खाने माछा ?

किन खाने माछा ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०८१ आइतवार • ०७:५८:२४ बजे
  • 1.0K
    SHARES
  • किन खाने माछा ?

    माछा प्रायः धेरैलाई मन पर्छ । जाडो याममा विशेषतः माछा खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसका धेरै फाइदा छन् । माछामा हाम्रो शरीरलाई आवश्यक कैयौँ प्रकारका पोषक तत्त्व हुन्छन् ।

    images


    हाई क्वालिटीको प्रोटिनका साथमा ओमेगा–३, फ्याटी एसिड, भिटामिन ‘डी’, भिटामिन ‘बी–२’, आइरन, जिंक, आयोडिन, म्याग्नेसियम, पोटासियमजस्ता पोषक तत्त्व पाइन्छन् । यी तत्त्वले रोग प्रतिरोध क्षमता विकास गर्छ । 


    गर्मी महिनाको तुलनामा जाडोमा हाम्रो शरीरलाई प्रोटिन र ओमेगा–३ आवश्यक परिरहेको हुन्छ । गर्मीमा पसिना धेरै बग्छ । हामीलाई त्यति बेला ग्लुकोज बढी चाहिन्छ । कार्बोहाइड्रेड बढी आवश्यक हुन्छ । 


    जाडो याममा पसिना कम बग्छ । शरीरलाई शक्ति आवश्यक परिरहेको हुन्छ । यसमा प्रोटिन बढी चाहिन्छ । माछा प्रोटिनको राम्रो स्रोत हुने भएकाले जाडोमा खानु स्वास्थ्यका लागि फलदायी हुन्छ । 

    कति खाने ?
    सबै माछामा एकै खालको प्रोटिन हुँदैन । सामान्यतः एक सय ग्राम माछामा २५ देखि ३० ग्राम प्रोटिन पाइन्छ । तीनदेखि पाँच ग्राम फ्याट पाइन्छ । सामान्य मान्छे हो भने ०.८ ग्राम प्रतिकेजी माछा खानुपर्छ । यसको मतलब ४० ग्राम प्रोटिन पाउने गरी माछा खानुपर्छ । ४० ग्राम प्रोटिन प्राप्त गर्न लगभग १५० ग्राम माछा खानुपर्छ । 

    यी व्यक्तिले खानुहुँदैन माछा 
    माछा कतिपयलाई मन पर्दैन । कसैमा स्वास्थ्य समस्या पनि हुन सक्छ । त्यसकारण आफ्नो स्वास्थ्यलाई विचार गर्दै माछाको उपभोग गर्नुपर्छ । कसैलाई गन्ध आउने हुन्छ । कसैलाई स्वास्थ्य समस्या हुन्छ । केहीलाई बान्ता हुन्छ । त्यस्ता व्यक्तिले माछाको उपभोग गर्नुहुँदैन । 

    माछा तेलमा तारेर खानुहुँदैन । यसरी उपभोग गर्दा माछाबाट पाइने प्रोटिन, ओमेगा–३, फ्याटी एसिड, भिटामिन ‘डी’, भिटामिन ‘बी–२’, आइरन, जिंक, आयोडिन, म्याग्नेसियम, पोटासियमजस्ता पोषक तत्त्व हानिकारक वस्तुमा परिणत हुन्छन् । त्यसले स्वास्थ्यलाई हानि पुर्‍याउँछन् । सकेसम्म फ्रेस माछा खानुपर्छ । 

  • सम्बन्धित विषय:

  • # किन खाने माछा ?
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology