Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चीनले सञ्चालनमा ल्यायो ‘कार्बन फाइबर मेट्रो ट्रेन

चीनले सञ्चालनमा ल्यायो ‘कार्बन फाइबर मेट्रो ट्रेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०८१ बुधवार • ०४:२५:३६ बजे
  • 646
    SHARES
  • चीनले सञ्चालनमा ल्यायो ‘कार्बन फाइबर मेट्रो ट्रेन

     चीनले ऊर्जा बचन गर्ने ‘कार्बन फाइबर मेट्रो ट्रेन’ सञ्चालनमा ल्याएको छ । पूर्वी चीनको शानडोङ प्रान्तको बन्दरगाह सहर चेङ्दुमा सेट्रोभो १.० नामक कार्बन फाइबर मेट्रो ट्रेनले शुक्रबार यात्रु सेवा सुरु गरेको हो ।

    images

    कार्बन फाइबर कम्पोजिट बडी फ्रेम रहेको उक्त मेट्रो टेनको बडी र बोगी फ्रेमको तौल क्रमशः २५ प्रतिशत र ५० प्रतिशत कम हुन्छ ।

    सीआरआरसी लिमिटेडका ट्रेनका मुख्य डिजाइनर लिउ जिन्झुले सञ्चालनका क्रममा प्रत्येक ट्रेनको ऊर्जा खपत ७ प्रतिशतले घटाउन सकिने जानकारी दिए । यसले गर्दा वार्षिक रूपमा १३० टन कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आउनेछ ।

    कार्बन फाइबर सामग्रीको प्रयोगले रेललाई बलियो बनाउँछ । यसको अर्को फाइदा रेल यातायात संरचनाको स्थायित्व बढ्नु हो । उक्त ट्रेनको क्याबिनका भित्री भाग कार्बन फाइबर तत्वहरूले भरिपूर्ण हुन्छ ।

    उक्त रेलमा साउन्ड आइसोलेसनका साथै उन्नत भाइब्रेसन ड्याम्पिङको सुविधा पनि छ, ताकि यात्रुहरूले थप सहजतापूर्वक यात्रा गर्न सक्नेछन् । कम्पन कम हुँदा ध्वनी प्रदूषण कम हुन्छ र यात्रा आरामदायी पनि हुनेछ ।

    चिनियाँ टेलिभिजन सीसीटीभीका अनुसार यसलाई चिनियाँ वैज्ञानिकहरूले निर्माण गरेका हुन् ।

    के छन् कार्बन फाइबर मेट्रो ट्रेनका विशेषताहरू ?
    १. यस्तो ट्रेनको तौल कम हुन्छ । किनकि यसमा कार्बन फाइबरको प्रयोग गरिएको हुन्छ जुन बलियोसँगै हल्का पनि हुन्छ । इस्पात र एल्युमिनियम जस्ता परम्परागत धातुहरूभन्दा कार्बन फाइबर धेरै हल्का हुन्छ । ट्रेनको तौल कम हुँदा यसले खपत गर्ने ऊर्जाको मात्रा घट्छ । फलतः इन्धन खर्च कम आउँछ ।

    २. धेरै बलियो हुनाले कार्बन फाइबरले रेललाई बलियो बनाउँछ । फलतः यो टिकाउपूर्ण हुन्छ । खिया नलाग्ने हुनाले यसको हेरचाह र मर्मतसम्भार खर्च पनि कम आउँछ ।

    ३. ऊर्जा कम खपत गर्ने हुनाले यो वातावरणमैत्री पनि हुन्छ । यसले वातावरण प्रदूषणमा कम योगदान गर्छ । जलवायु परिवर्तनमा कम योगदान गर्छ । विभिन्न विशेषताका कारण कार्बन फाइबर ट्रेनहरू आरामदायी र शान्त हुन्छन् ।

    ४. यो ट्रेनले विश्वलाई यातायातमा नयाँ बाटो देखाएको छ । यसलाई यातायात क्षेत्रमा एउटा नयाँ सुरुवात भनिएको छ । यसले यातायातलाई हरित परिवर्तनतर्फ लैजाने चिनियाँ अधिकारीहरूले विश्वास गरेका छन् ।

    समाचार एजेन्सी सिन्ह्वाका अनुसार यसले वार्षिक रूपमा १३० टन कार्बन डाइअक्साइड उत्सर्जन कम गर्न सक्छ । यो भनेको ६.७ हेक्टर क्षेत्रमा गरिएको वृक्षारोपण बराबरको प्रतिफल हो ।

    चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार कार्बन फाइबर इस्पातभन्दा पाँच गुणा बलियो हुन्छ भने यसको तौल इस्पातको चौथाइभन्दा कम हुन्छ ।

    सन् २०२१ मा विकास गरिएको कार्बन फाइबर मेट्रो रेल सन् २०२४ को जुलाईदेखि डिसेम्बरसम्म परीक्षण गरिएको थियो । ६ महिना लामो अनलाइन परीक्षण पूरा गरेपछि यसलाई सञ्चालनमा ल्याइएको हो ।
    (सिन्ह्वाको सहयोगमा)

  • सम्बन्धित विषय:

  • # फाइबर मेट्रो ट्रेन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology