Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रोगहरूबाट बच्न लसुन खाने सही तरिका

रोगहरूबाट बच्न लसुन खाने सही तरिका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ६, २०८१ आइतवार • ०३:५५:५५ बजे
  • 670
    SHARES
  • रोगहरूबाट बच्न लसुन खाने सही तरिका

    तपाईंले घरको भान्सामा लसुन पक्कै पनि पाउनुहुनेछ । यसले तरकारीदेखि अचारसम्मको स्वाद बढाउँछ। यति मात्र होइन, सही तरिकाले लसुनको सेवन गर्नाले धेरै रोगबाट मुक्ति पाउन सकिन्छ ।

    images

    जाडोमा लसुनलाई घ्युसँग भुटेर खाएमा शरीरका लागि निकै फाइदाजनक हुने आहार विज्ञ बताउँछन् । वास्तवमा यी दुवै औषधीय गुणले भरिपूर्ण छन् । यसका साथै यसमा भिटामिन सी, भिटामिन बी- ६, म्याग्नेसियम, सेलेनियम, क्याल्सियम, आइरन, फस्फोरस र फाइबर पनि पाइन्छ, जसले धेरै रोगसँग लड्न मद्दत गर्छ। घ्युमा भुटेको लसुन खाँदा ब्रेन स्ट्रोकको खतरा नहुने उनीहरूको भनाई छ ।

    साथै, यदि तपाईं दिनहुँ घ्युमा भुटेको लसुन खानुहुन्छ भने, यसले तपाईंको रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउन काम गर्दछ। यसले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न पनि मद्दत गर्दछ, किनकि यसमा एलिसिन र सेपोनिन जस्ता सक्रिय यौगिकहरू हुन्छन्, जुन एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुणहरूमा समृद्ध हुन्छन् ।

    यसका अलावा लसुनलाई घ्युमा भुटेर खाँदा यसले गठिया, लुपस, मल्टिपल स्क्लेरोसिस र क्रोनिक इन्फ्लेमेसन जस्ता समस्यालाई पनि कम गर्न मद्दत गर्छ। तर,यदि तपाईंलाई कुनै गम्भीर स्वास्थ्य समस्या छ भने चिकित्सकको सल्लाह लिएर मात्र यसको सेवन गर्नुहोला ।

    अस्वीकरणः यो सामान्य जानकारी हो, व्यक्तिगत सल्लाह होइन। त्यसैले कुनै पनि चिज चिकित्सकको सल्लाह लिएर मात्र प्रयोग गर्नुपर्छ ।

  • सम्बन्धित विषय:

  • # खाने सही तरिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology