Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्मार्टफोनको ब्याट्री र डेटा बचत गर्न बदल्नुस् यी सेटिङ

स्मार्टफोनको ब्याट्री र डेटा बचत गर्न बदल्नुस् यी सेटिङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०८२ शनिवार • ०७:२६:४७ बजे
  • 1.6K
    SHARES
  • स्मार्टफोनको ब्याट्री र डेटा बचत गर्न बदल्नुस् यी सेटिङ

    के तपाईंको फोन पटक-पटक चार्ज गरिरहनु पर्दछ ? के फोनमा लिएको डेटा केही बेर इन्टरनेट चलाउँदा सक्किने गरेको छ ? यदि त्यस्तो समस्या भोगिरहनु भएको छ भने सायद यो कुरा थाहा पाउँदा तपाईंलाई अचम्म लाग्ला कि यसो हुनुका पछाडि कुनै एपको अत्यधिक प्रयोग कारण नहुन सक्दछ । यसका लागि  तपाइँको फोनमा रहेको एउटा सेटिङ जिम्मेवार हुनसक्छ ।

    images

    सेटिङ्समा लुकेको रहस्य

    हल सबैजसो एन्ड्रोइड स्मार्टफोनमा केही यस्ता सेटिङ्स पहिलेदेखि नै सक्रिय हुन्छन्, जसले तपाईंको फोनको डेटा तथा ब्याट्री दुवैलाई तीव्र रुपमा रित्याइदिन्छन् । खुसीको खबर यो छ कि त्यस्ता सेटिङ्सलाई बन्द गर्न निकै सजिलो छ । अनि त्यसरी बन्द गरिसकेपछि तपाईंको स्मार्टफोनको डेटा थप समय टिक्ने मात्र होइन, फोनको ब्याट्री खपत पनि कम हुन्छ ।

    यसरी गर्नुस् सेटिङ्समा परिवर्तन


    त्यसका लागि सबैभन्दा पहिले आफ्नो फोनको Settings मा जानुहोस् । अनि तलतर्फ स्क्रोल गर्नुहोस् र न्ययनभि सेक्सनमा जानुहोस् । त्यहाँ तपाईंले Google Services & Preferences नामक एउटा अप्सन पाउनु हुनेछ ।

    उक्त खण्डभित्र गएर Personalize using shared data अप्सनमा ट्याप गर्नुहोस् । त्यहाँ तपाईंले तीनवटा विकल्प देख्नुहुनेछ : Gmail, External Media र Device Contacts। तपाईंको फोनमा यी तीनवटै विकल्प पहिलेदेखि नै सक्रिय हुनसक्छन् । यदि त्यस्तो छ भने सबैलाई बन्द गरिदिनुहोस् ।

    तत् पश्चात् पुन: Google Settings मा जानुहोस् र Usage & Diagnostics मा ट्याप गर्नुहोस् । अनि त्यसलाई पनि बन्द गर्नुहोस् । यसो गर्दा गुगलले तपाइँको फोनको प्रयोग रिपोर्ट र डायग्नोस्टिक डेटा संकलन गर्न बन्द गर्नेछ । फलत: फोनको ब्याट्री र डेटाको खपत कम हुनेछ।

    थर्ड पार्टी एपलाई सीमित पहुँच

    यसका अलावा थर्ड पार्टी एपहरुलाई पनि जति सक्दो कम पहुँच दिनुहोस् । विभिन्न सोसल मिडिया एपहरुलाई तपाईंको गतिविधि ट्रयाक गर्नबाट रोक्नका लागि एप अनुमति र ब्याकग्राउण्ड डेटा पहुँचलाई नियन्त्रण गर्नुहोस् ।

    उल्लिखित स-साना सेटिङ्सलाई परिवर्तन गरेपश्चात् तपाईंको फोनको डेटा तथा ब्याट्री दुबैको बचत हुनेछ । साथै तपाईंले फोनमा अनावश्यक विज्ञापनहरु पनि कम देख्नुपर्नेछ । किनकि तपाईंको कम मात्रै व्यक्तिगत डेटाहरु एपसम्म पुग्नेछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology