Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

खाली पेटमा चिया खाँदा क्यान्सरको जोखिम !

खाली पेटमा चिया खाँदा क्यान्सरको जोखिम !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०८२ मंगलवार • ०७:२०:२८ बजे
  • 2.0K
    SHARES
  • खाली पेटमा चिया खाँदा क्यान्सरको जोखिम !

    धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन् । चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु 'स्टेटस सिम्बल' को रुपमा लिन थालिएको छ । यसकारण पनि मानिसहरुमा चियाको लत लाग्दै गएको पाइन्छ । 

    images


    धेरै चिया पिउँदा शरीरमा नराम्रो असर पर्छ । र, कहिल्यै खाली पेटमा चिया पिउनु हुँदैन । अध्ययनका अनुसार खाली पेटमा चिया पिउँदा एसिडिटी बढ्ने, क्यान्सर लाग्ने जस्ता गम्भीर रोग लाग्ने सम्भावना हुन्छ । चियासँग सधैँ केही न केही खानेकुरा खाने गर्नुपर्छ । धेरै चिया पिउँदा उमेर पनि कम हुँदै जाने अध्ययनमा उल्लेख छ ।

    खाली पेटमा मात्र होइन खाना खाने वित्तिकै पनि चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । खानामा पोषक तत्व हुन्छ । खानामा भएको पोषक तत्व शरीरले सोस्नका लागि समय लाग्ने गर्छ । खाना खाने वित्तिकै पाचन प्रक्रिया सुस्त हुन्छ जसले गर्दा खानामा भएको पोषक तत्व शरीरमा लाग्न पाउँदैन । जसको कारण मधुमेह जस्ता रोगहरु लाग्न सक्छ । 


    मधुमेह यस्तो रोग हो जसले अन्य विभिन्न प्रकारका रोगहरूलाई आमन्त्रित गर्छ । 


    धेरै चिया पत्ती हालेको कडा चिया, धेरै बेर पकाएको दुध चिया, बारम्बार तताएको चिया पिउँदा एसिडिटीको पनि समस्या हुन्छ । 

  • सम्बन्धित विषय:

  • # क्यान्सरको जोखिम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology