Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भारतद्वारा नेपालका विभिन्न ४८ वटा विद्यालयलाई स्कुल बस उपहार

भारतद्वारा नेपालका विभिन्न ४८ वटा विद्यालयलाई स्कुल बस उपहार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ७, २०८२ बिहिवार • ०९:४५:१० बजे
  • 1.8K
    SHARES
  • भारतद्वारा नेपालका विभिन्न  ४८ वटा विद्यालयलाई स्कुल बस उपहार

    भारतले नेपालका विभिन्न विद्यालयलाई स्कुल बस उपहार दिएको छ । नेपालस्थित भारतीय दूतवासले बुधबार एक कार्यक्रम गरेर विभिन्न ४८ वटा विद्यालयलाई सो बस हस्तान्तरण गरेको छ । 

    images

    दूतावासका अनुसार सात प्रदेशका विभिन्न जिल्लामा रहेका विद्यालयहरूलाई सो बस उपहार दिइएको हो । 


    खासगरी कोशी प्रदेशका बाढी प्रभावित इलाम, झापा र उदयपुर जिल्लाहरू तथा दुर्गम जिल्लाहरू हुम्ला, मुस्ताङ, सङ्खुवासभा, दार्चुला, बैतडी र अछामलगायत ४८ जिल्लाहरूमा अवस्थित विभिन्न शैक्षिक संस्थाहरूलाई ८१ वटा स्कुल बसहरू उपहार स्वरूप प्रदान गरेको दूतावासले जनाएको छ ।


    भारत सरकारले नेपाल र भारतबिचको लामो समयदेखिको विकास साझेदारी र मित्रतालाई ध्यानमा राख्दै यो उपचार प्रदान गरेको दूतावासले जनाएको छ ।  विगत तीन दशकमा, भारतले नेपालका विभिन्न विद्यालयलाई ३८१ वटा स्कुल बस प्रदान गरेको छ ।

  • सम्बन्धित विषय:

  • # स्कुल बस उपहार.0
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology