Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पित्तथैलीमा पत्थरी बनाउने चार खानेकुरा

पित्तथैलीमा पत्थरी बनाउने चार खानेकुरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०८२ सोमवार • ०५:१५:२४ बजे
  • 1.3K
    SHARES
  • पित्तथैलीमा पत्थरी बनाउने चार खानेकुरा

    पित्तथैली कलेजोको ठ्याक्कै पछाडि रहेको सानो, नासपाती आकारको अंग हो । यसको काम बोसो पचाउन सानो आन्द्रामा पित्त छोड्नु हो । यदि यसले छाडेको पित्त कडा हुन थाल्यो भने यो पत्थरीमा परिणत हुन्छ, जसलाई पित्तथैलीको पत्थरी भनिन्छ ।

    images


    धेरैजसो अवस्थामा पित्तथैलीमा पत्थरी भएका बिरामीहरूको लागि शल्यक्रिया एक मात्र विकल्प हो । यसको सबैभन्दा ठुलो कारण यही हो कि लगभग ७० प्रतिशत बिरामीमा पित्तथैलीको पत्थरीको लक्षण प्रारम्भिक चरणमा स्पष्ट देखिँदैन । तपाईं पनि अस्पताल गएर पित्तथैलीको शल्यक्रियामा ५०/६० हजार बर्बाद गर्न चाहनु हुन्न भने अहिलेदेखि नै सावधानी अपनाउन सुरु गर्नुस् । आफ्नो आहारमा यी चार खानेकुराहरूको मात्रा नियन्त्रण गरेर तपाईंले पित्तथैलीमा पत्थरीको सम्भावना घटाउन सक्नुहुन्छ ।

    प्रशोधित खानाहरू
    प्रशोधित खानाहरू आजकल सबैको पहिलो रोजाई बनेको छ । धेरैजसो मानिस हरेक दिन केही मात्रामा प्रशोधित खानेकुरा खान्छन् । स्वादबाहिर गएर तपाईंले आफ्नो स्वास्थ्यलाई विचार गर्नुभयो भने यी खानेकुरा विषभन्दा कम छैनन् । यसको थोरै मात्राले पनि मुटु, कलेजो, मिर्गौला र आन्द्रा जस्ता महत्त्वपूर्ण अङ्गलाई हानि पुर्‍याउन सक्छ । यसमा पित्तथैलीको पत्थरीको जोखिम पनि छ । प्रशोधित खानेकुरामा अस्वस्थ चिल्लो त हुन्छ नै उच्च मात्रामा चिनी पनि हुन्छ, जसले कोलेस्ट्रोलको स्तर बढाउन योगदान पुर्‍याउँछ ।


    उच्च चिनी भएका खाना
    चिनी चिनीको रूपमा मात्रै नभएर प्याकेट वा बोतलमा आउने खाद्य वा पेय वस्तुहरूबाट पनि तपाईंको पेटमा पुगिरहेको छ । त्यसैले तपाईं घर बाहिरको खानेकुरा खाना बढी खाइरहनु भएको छ भने तपाईंमा प्रतिकूल प्रभावहरूको जोखिम द्रुत रूपमा बढ्दै गइरहेको छ । उच्च चिनीले बोसो र कोलेस्ट्रोल बढाउन जानिन्छ, जसले पित्तथैलीको पत्थरी निम्त्याउन सक्छ ।


    रातो मासु
    रातो मासुमा उच्च मात्रामा स्याचुरेटेड चिल्लो र कोलेस्ट्रोल हुन्छ । ठुलो मात्रामा यसको सेवन गर्दा पित्तथैलीको पत्थरीको जोखिम बढाउँछ । यसबाहेक, यी खानेकुराहरूले पित्तथैलीको पत्थरीका लक्षणहरूलाई अझ खराब बनाउँछन् ।


    तारेका खानेकुरा
    तेलमा तारेको वा भुटेको खानेकुराहरू अस्वस्थ बोसो, उच्च चिनी र उच्च कोलेस्ट्रोल हुन्छ । तपाईंलाई तेलमा फ्राइ गरिएका खानेकुरा मन पर्छ भने आफूलाई नियन्त्रणमा राख्नु आवश्यक छ । यी खानाहरूले मुटु र कलेजोलाई त हानी पुर्‍याउँछन् नै पित्त रसलाई ढुङ्गामा परिणत गराउने काम पनि गर्छन् ।

     अस्वीकरण: यो जानकारी अनलाइन सामाग्रीका आधारमा तयार पारिएको हो । 

  • सम्बन्धित विषय:

  • # पित्तथैलीमा पत्थरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology