Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

धेरै समय सुत्ने बानीले पनि निम्त्याउछ स्वास्थ्य समस्या

धेरै समय सुत्ने बानीले पनि निम्त्याउछ स्वास्थ्य समस्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०८२ आइतवार • ०६:३७:१६ बजे
  • 1.1K
    SHARES
  • धेरै समय सुत्ने बानीले पनि निम्त्याउछ स्वास्थ्य समस्या

    निद्रा मानव जीवनको आधारभूत आवश्यकता हो । स्वस्थ भएर जिउनका लागि पर्याप्त निद्रा अपरिहार्य छ । निद्रा कम हुनेवित्तिकै हामीमा विभिन्न शारीरिक तथा मानसिक स्वास्थ्य समस्याहरू देखापर्छ । शरीरको मर्मत, मस्तिष्कको विकास, रोग प्रतिरोधी क्षमता बढाउने र मानसिक स्वास्थ्य कायम राख्न निद्राको भूमिका रहन्छ ।

    images

    वयस्क व्यक्तिका लागि दैनिक ७ देखि ९ घण्टा निद्रा आवश्यक पर्ने विभिन्न अनुसन्धानहरूले देखाएका छन् । यो अवधि व्यक्तिको उमेर, स्वास्थ्य अवस्था र जीवनशैलीमा निर्भर गर्छ।

    सुत्नका लागि उपयुक्त अवधि कति हो ?

    निद्राको आवश्यकता उमेर अनुसार फरक पर्छ । अझ यसमा कत्तिको गहिरो निद्रा पर्छ भन्ने कुराले समय निर्धारण हुने विज्ञहरू बताउँछन् ।

    यदि हामी पूरा निद्रा सुत्छौँ भने शरीर ऊर्जावान हुने र स्वस्थ महसुस गर्न सक्छौँ । कम समय सुत्दा हामीलाई विभिन्न स्वास्थ्य समस्या हुने कुरा धेरै सुनिरहेका हुन्छौं । निर्धारित समय भन्दा बढी सुत्दा चाहिँ के हुन्छ त ? त्यसले हाम्रो स्वास्थ्यमा कुनै हानि पुर्‍याउँछ कि पुर्‍याउँदैन त ?

    धेरै सुत्नुलाई सामान्यतया हाइपरसोमिया भनिन्छ । कुनै समयमा धेरै सुत्नु पनि शारीरिक आवश्यकता बन्छ । जस्तो: बिरामी हुँदा वा कुनै कारणवस अघिल्ला दिनमा निदाउन पाइएको छैन भने त्यसलाई पूर्ति गर्नका लागि धेरै सुत्नु स्वभाविक नै हुन्छ । तर नियमित रूपमा धेरै सुत्ने बानी छ भने त्यसले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउने जोखिम रहन्छ ।

    विभिन्न समयमा भएका विभिन्न अध्ययनहरूले धेरै समय सुत्दा हुने स्वास्थ्य जोखिमहरू निम्त तरिकाले औल्याएको छ:

    मुटु रोग र स्ट्रोकको जोखिम

    धेरै सुत्नेहरूमा मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको सम्भावना 20 देखि ५० प्रतिशतसम्म बढी हुन्छ भन्ने कुरा अध्ययले देखाएको छ। यसले रक्तनलीहरू कडा बनाउने अध्ययनहरूको निष्कर्ष छ ।

    मधुमेह र मोटोपन

    हरेक दिन नियमित ९-१० घण्टा सुत्नेहरूमा टाइप २ मधुमेह र मोटोपनको जोखिम बढ्छ । यसले भोक हर्मोनहरू, घ्रेलिन र लेप्टिनलाई असन्तुलित बनाउँछ, जसले बढी खाना खाने बानी गराउँछ।

    डिप्रेसन र मानसिक स्वास्थ्य समस्या

    धेरै सुत्नु डिप्रेसनको लक्षण हुन सक्छ वा यसलाई बढाउँछ । यसले सेरोटोनिन उत्पादन घटाउँछ, जसले मुड खराब बनाउँछ।

    टाउको दुखाइ र थकान

    धेरै सुत्दा स्लिप इनर्सिया हुन्छ, जसले दिनभरि थकान र टाउको दुखाइ गराउँछ ।

    संज्ञानात्मक ह्रास

    मस्तिष्कको कार्यक्षमता घट्छ, स्मृति कमजोर हुन्छ र निर्णय क्षमता प्रभावित हुन्छ।

    आयु कम

    धेरै वा कम सुत्नेहरूमा मृत्युको जोखिम बढ्छ भन्ने कुरा केही अध्ययनहरूले देखाएका छन् ।

    के गर्ने ?

    सुत्ने दैनिकीलाई सकेसम्म नियमित बनाउनु सबैभन्दा प्रभावकारी तरिका हो । हरेक दिन सुत्ने समय एउटै बनाउनु पर्छ । कम्तीमा दिनमा ७-८ घण्टा सुत्ने गर्नुपर्छ । सुत्नु अघि स्क्रिनबाट टाढा रहने । नियमित व्यायाम गर्ने । क्याफिन र अल्कोहलको सेवनलाई सीमित गर्ने। सुत्ने कोठा अन्धकार, शान्त र सही तापक्रममा राख्ने ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य समस्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology