Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनावलाई भगाउन दैनिक १५ मिनेट गर्नुस् यी काम

तनावलाई भगाउन दैनिक १५ मिनेट गर्नुस् यी काम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०८२ बिहिवार • ०५:२३:३१ बजे
  • 1.5K
    SHARES
  • तनावलाई भगाउन दैनिक १५ मिनेट गर्नुस् यी काम

    हिजोआज हामी सबैको जीवन अत्यन्त व्यस्त बनेको छ । हामी बिहान उठेदेखि राति सुत्ने बेलासम्म काम र तनावले ग्रसित हुन्छौँ । यसले गर्दा सानै उमेरदेखि नै उच्च रक्तचाप, रगतमा चिनीको मात्रा बढ्ने र जतिबेला पनि थाकेको महसुस हुन्छ । 

    images


    आफ्नो स्वास्थ्य सुधार गर्न घण्टौँ जिममा बिताउनु पर्छ वा धेरै पैसा खर्च गर्नु पर्छ भन्ने हामी सोच्छौँ । तर यो सत्य होइन । दिनमा मात्रै १५ मिनेट आफ्नो हेरचाह गर्दा पनि हाम्रो सम्पूर्ण जीवन परिवर्तन हुन सक्छ । 

    आजको यस लेखमा, हामी आफ्नो मानसिक र शारीरिक स्वास्थ्य सुधार गर्न हरेक दिन १५ मिनेट गर्न सक्ने पाँच कुरोबारे कुराकानी गर्नेछौँ ।
     
    पहिलो काम: गहिरो सास फेर्ने
    बिहान उठ्ने बित्तिकै आफ्नो आँखा बन्द गर्नुहोस् अनि बिस्तारै गहिरो सास फेर्नुहोस् । यसले तपाईंको दिमागमा अक्सिजन प्रदान गर्दछ र तनाव हर्माेन कोर्टिसोल पनि कम गर्दछ ।
     
    दोस्रो काम: छोटो पैदल यात्रा
    तपाईंसँग कसरत गर्ने समय छैन भने दिउँसोको खाना पछि वा साँझ १०–१५ मिनेट छिटो छिटो हिड्ने काम गर्नुहोस् । यसले तपाईंको पाचन त सुधार गर्छ नै यो मुटुको स्वास्थ्यको लागि पनि फाइदाजनक छ । १५ मिनेटको पैदल यात्राले तपाईंको मुडलाई तुरुन्तै ताजा बनाउँछ ।
     
    तेस्रो काम: डिजिटल डिटक्स
    दिनको कम्तीमा १५ मिनेटको लागि आफ्नो फोन आफूबाट टाढा राख्नुहोस् । यस समयमा, तपाईँ बिरुवालाई पानी हाल्न सक्नुहुन्छ, चराहरूको चिरबिर सुन्न सक्नुहुन्छ, वा चुपचाप बस्न सक्नुहुन्छ । स्क्रिन–फ्री समयले तपाईंको आँखा र दिमाग दुवैलाई शान्त बनाउँछ ।


    चौथो काम: आफ्नो मनपर्ने गीत सुन्ने/किताब पढ्ने
    केवल १५ मिनेटको लागि आफ्नो मनपर्ने गीत सुन्नुहोस् वा किताब पढ्नुहोस् । सङ्गीत सुन्दा शरीरमा डोपामाइन निस्कने अनुसन्धानले देखाउँछ । यसले दिनभरिको थकान केही भएपनि कम गर्न मद्दत गर्दछ ।
     
    पाँचौँ काम: प्रियजनहरूसँग कुराकानी
    दिनको १५ मिनेट परिवारका सदस्यहरू वा पुरानो साथीसँग खुलेर कुरा गर्नुहोस् । हाँस्दा र मुस्कुराउँदा प्रतिरक्षा प्रणाली बलियो हुन्छ । तपाईँलाई भित्रबाट खुसी महसुस गराउँछ ।

  • सम्बन्धित विषय:

  • # तनावलाई भगाउन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology