Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

हरेक दिउँसो एउटा स्याउ खानुका धेरै फाइदाहरू

हरेक दिउँसो एउटा स्याउ खानुका धेरै फाइदाहरू

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०८२ आइतवार • ०५:०१:१४ बजे
  • 1.9K
    SHARES
  • हरेक दिउँसो एउटा स्याउ खानुका धेरै फाइदाहरू

    पछिल्लो समय युवा पुस्तामा समेत मुटुसम्बन्धी समस्या बढेको पाइन्छ । वृद्ध वृद्धा हुन् वा युवा, हर्ट अट्याक, कार्डियक अरेस्टजस्ता समस्याहरू सामान्य हुन थालेका छन् । यसको प्रमुख कारण मुटु, खाना र खराब दिनचर्या हुन सक्छ । हामीले सन्तुलित आहार खान छोड्यौँ अनि स्वस्थ जीवनशैली अपनाएनौँ भने हरेक प्रकारको रोगको जोखिम धेरै गुणा बढ्छ ।

    images

    मुटु हाम्रो शरीरको त्यो भाग हो, जसले हरेक हिस्सामा रगत पुर्‍याउने काम गर्छ । तर यदि यसले राम्रोसँग काम गरेन भने धेरै गम्भीर रोगहरू उत्पन्न हुन सक्छन् । त्यसैले हरेक दिन आफ्नो आहारमा केही यस्ता खानाहरू समावेश गर्नुहोस्, जुन मुटुको स्वास्थ्यको लागि राम्रो होस् । 

    आजको यस लेखमा हामी मुटुको स्वास्थ्यका लागि लाभदायक केही प्राकृतिक र ताजा जुसको बारेमा कुराकानी गर्न गइरहेका छौँ, जसको सेवन स्वास्थ्यका लागि साँच्चै नै लाभकारी हुन सक्छ । 


    अनारको जुस 
    अनारको जुसमा एन्टिअक्सिडेन्ट र भिटामिन सी पाइन्छ । यसले रगतको प्रवाह सुधार्छ अनि धमनीलाई लचिलो बनाउँछ अनि मुटुलाई स्वस्थ रहन मद्दत गर्छ । 


    स्याउको जुस
    हरेक दिउँसो एउटा स्याउ खानुका धेरै फाइदाहरू छन् । यसमा हुने घुलनशील फाइबरले एलडीएल ९खराब कोलेस्ट्रोल० कम गर्छ र पोटासियमले रक्तचाप नियन्त्रणमा राख्छ । स्याउको जुसको नियमित सेवनले हृदयघात र स्ट्रोकको जोखिम कम गर्छ ।


    आँपको जुस
    आँपमा भिटामिन सी, ए र ई पाइन्छ । यी तत्त्वहरूले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्छ । यसमा रहेको पोटासियमले मुटुमा दबाब कम गर्छ । 

    चेरीको जुस
    यो जुस शरीरको लागि धेरै फाइदाजनक छ । यसमा पाइने एन्टिअक्सिडेन्ट र एन्थोसायनिनले रक्तचाप नियन्त्रणमा राख्छ र सुन्निएको कम गर्छ । यसले धमनीहरूलाई लचिलो हुन मद्दत गर्छ । 

    किवीको जुस
    किवीमा भिटामिन सी, के र पोटासियम पाइन्छ । यिनीहरूले रक्तचाप नियन्त्रणमा राख्छ र रगत जम्नबाट रोक्छ, जसबाट मुटु सुरक्षित रहन्छ ।

    ब्लूबेरीको जुस
    यसमा पाइने फाइबर र फ्लेभोनोइड्सले कोलेस्ट्रोल कम गर्छ र रक्त प्रवाह सुधार गर्छ अनि मुटु रोगको जोखिम कम गर्छ । 

    सुन्तलाको जुस
    भिटामिन सी र पोटासियमले रक्तचाप कम गर्छ अनि मुटुको काम गर्ने प्रक्रियालाई राम्रो बनाएर राख्छ ।

    अङ्गुरको जुस
    विशेष गरी रातो र बैजनी अङ्गुरको जुसमा रेसभेराट्रोल पाइन्छ । यसले रक्त प्रवाहलाई सहज राख्छ र मुटु रोगको सम्भावना कम गर्छ । 

    क्रेनबेरीको जुस
    क्रेनबेरीमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । एन्टिअक्सिडेन्टले धमनीहरूमा प्लाक जम्मा हुनबाट रोक्छ र रक्त नलीहरूलाई स्वस्थ राख्छ । 

  • सम्बन्धित विषय:

  • # धेरै फाइदाहरू
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology