Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्टिल,पैसा र सिसामा २८ दिनसम्म बाँच्छ कोरोना भाईरस

स्टिल,पैसा र सिसामा २८ दिनसम्म बाँच्छ कोरोना भाईरस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २६, २०७७ सोमवार • १६:०७:२४ बजे
  • 1.3K
    SHARES
  • स्टिल,पैसा र सिसामा २८ दिनसम्म बाँच्छ कोरोना भाईरस
    एजेन्सी । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस नोट, फोनको स्क्रीन, सिसा र स्टिलमा २८ दिनसम्म बाँच्न सक्ने बताएका छन् । सोमबार उनीहरुले कोभिड–१९ को बिरामी बनाउने कोरोना भाइरस बैंक नोट, स्टिल र सिसामा २८ दिनसम्म बाँच्न सक्ने बताउँदै सरसफाइ र हात धुने कुरामा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।


    अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन (सीएसआईआरओ) का अनुसन्धादाताले २० डिग्री सेल्सियस तापक्रममा सार्स–कोभ–२ भाइरस २८ दिनसम्म सक्रिय रहने बताए । यो प्रतिवेदन भाईरोलोजी जर्नलमा प्रकाशित गरिएको छ ।

    यसअघि ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनमा भने सार्स–कोभ–२ नोट र सिसामा २ देखि तीनदिनसम्म र प्लास्टिक र स्टिलमा ६ दिनसम्म बाँच्ने बतार्इएको थियो ।
    विश्वव्यापी प्रभाव पारीरहेको कोरोना भाईरस सम्बन्धि संसारभरी विभिन्न अध्ययनहरु जारी छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology