Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

सामाजिक सञ्जालले -मानसिक स्वास्थ्यमा कस्तो असर पर्छ ?

सामाजिक सञ्जालले -मानसिक स्वास्थ्यमा कस्तो असर पर्छ ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १६, २०८३ शनिवार • १४:३०:०२ बजे
  • 883
    SHARES
  • सामाजिक सञ्जालले -मानसिक स्वास्थ्यमा कस्तो असर पर्छ ?

    आजको समयमा स्मार्टफोन एउटा ग्याजेट मात्र नभएर हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । बिहान उठेदेखि राति सुत्दासम्म धेरै मानिस निरन्तर फोनसँग जोडिएका हुन्छन् । 

    images

    काम, सामाजिक सञ्जाल, अनलाइन किनमेल, मनोरञ्जन, साथीभाइसँगको कुराकानीदेखि तनाव कम गर्नसम्म पनि स्मार्टफोन प्रयोग भइरहेको छ । तर फोन केही समयका लागि टाढा हुँदा बेचैनी, आत्तिने भावना वा खालीपन अनुभव हुने कहिल्यै महसुस गर्नुभएको छ ? मानसिक स्वास्थ्य विज्ञहरू यस अवस्थालाई ‘स्मार्टफोन विड्रअल’ भन्छन् ।

    यो यस्तो अवस्था हो, जहाँ व्यक्तिले फोन प्रयोग गर्न नपाउँदा मानसिक र भावनात्मक असहजता महसुस गर्न थाल्छन् । विज्ञहरूका अनुसार अत्यधिक स्क्रिन टाइम र सामाजिक सञ्जालको लतले बिस्तारै मस्तिष्कलाई डिजिटल उत्तेजनाको बानी पार्न सक्छ, जसको असर निद्रा, ध्यान, मुड र मानसिक स्वास्थ्यमा पर्न सक्छ ।

    के हो स्मार्टफोन विड्रअल ?

    स्मार्टफोन विड्रअल भनेको फोनबाट टाढा हुँदा व्यक्तिमा देखिने मानसिक र भावनात्मक असहजता हो । यस्तो अवस्था फोनको ब्याट्री सकिँदा, इन्टरनेट बन्द हुँदा, यात्राका क्रममा नेटवर्क नहुँदा वा आफैँले स्क्रिन टाइम घटाउने प्रयास गर्दा देखिन सक्छ । हालसम्म स्मार्टफोन लतलाई औपचारिक मानसिक रोगका रूपमा वर्गीकृत गरिएको छैन । तर मनोवैज्ञानिकहरूका अनुसार अत्यधिक फोन निर्भरता विशेषगरी युवाहरूमा तीव्र रूपमा बढिरहेको छ । फोनले निरन्तर नोटिफिकेशन, लाइक, म्यासेज र मनोरञ्जनमार्फत मस्तिष्कलाई ‘रिवार्ड’ दिइरहन्छ, जसका कारण बारम्बार फोन हेर्ने बानी बस्न थाल्छ ।

    यस्ता हुन्छन् स्मार्टफोन विड्रअलका सम्भावित संकेतः

     नोटिफिकेशन नआए पनि पटक–पटक फोन चेक गर्नु
     फोन नजिक नहुँदा चिन्ता वा बेचैनी महसुस हुनु
     खाली समय पाउनासाथ तुरुन्त सामाजिक सञ्जाल खोल्नु
     फोन टाढा राख्दा झर्को वा चिडचिडापन बढ्नु
     पढाइ वा काममा ध्यान केन्द्रित गर्न गाह्रो हुनु
     फोन भाइब्रेट नहुँदा पनि भएको जस्तो महसुस हुनु 
     रातिसम्म स्क्रिन हेर्दा निद्रामा समस्या आउनु
    यस्ता बानीहरू लगातार बढ्दै गइरहेका छन् भने यसले डिजिटल बानीले मानसिक स्वास्थ्यमा असर पार्न थालेको संकेत दिन सक्छ ।

    मानसिक स्वास्थ्यमा कस्तो असर पर्छ ?

    धेरै अध्ययनहरूले अत्यधिक स्मार्टफोन प्रयोग चिन्ता, तनाव र ध्यान अभावजस्ता समस्यासँग सम्बन्धित हुन सक्ने देखाएका छन् । रातिसम्म स्क्रिन हेर्दा शरीरमा मेलाटोनिन हर्मोनको उत्पादन प्रभावित हुन्छ, जसले निद्राको चक्र बिगार्न सक्छ । यसका साथै लगातार डिजिटल सामग्री हेर्दा मस्तिष्कलाई शान्त वातावरण वा निरसता सहन गाह्रो हुन थाल्छ । त्यसैले धेरै मानिस केही मिनेट खाली बस्नासाथ फोन उठाउने गर्छन्।

    सामाजिक सञ्जालले किन समस्या बढाउँछ ?

    सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोगकर्तालाई लामो समयसम्म व्यस्त राख्ने गरी डिजाइन गरिएका हुन्छन् । अन्त्यहीन स्क्रोलिङ, लाइक, नोटिफिकेशन र छोटा भिडियोहरूले मस्तिष्कमा ‘रिवार्ड साइकल’ बनाउँछन् । यसले व्यक्तिलाई बारम्बार नयाँ सामग्री हेर्न र तुरुन्त सन्तुष्टि खोज्न प्रेरित गर्छ । यही बानी बिस्तारै बाध्यात्मक व्यवहारमा बदलिन सक्छ ।

    स्क्रिन टाइम घटाउँदा के फाइदा हुन्छ ?

    डाक्टरहरूका अनुसार फोन प्रयोग गर्ने बानीमा बिस्तारै परिवर्तन ल्याएर मानसिक स्वास्थ्य सुधार गर्न सकिन्छ । यसका लागि केही सजिला उपाय अपनाउन सकिन्छ:

    सुत्नुभन्दा एक घण्टा अघि स्क्रिन बन्द गर्ने
    अनावश्यक नोटिफिकेशन बन्द गर्ने
    दिनभर साना–साना डिजिटल ब्रेक लिने
    एप प्रयोगको समय सीमा तय गर्ने
    खाली समयमा किताब पढ्ने, हिँड्ने वा अफलाइन गतिविधि गर्ने
    विज्ञहरूका अनुसार प्रविधिबाट पूर्ण रूपमा टाढा हुनु आवश्यक छैन, तर यसको सन्तुलित प्रयोग अत्यन्त महत्त्वपूर्ण छ ।

    के भन्छन् अध्ययनहरू ?

    अमेरिकन साइकोलोजिकल एसोसिएशन र अन्य मानसिक स्वास्थ्यसम्बन्धी अध्ययनहरूले अत्यधिक स्मार्टफोन तथा सामाजिक सञ्जाल प्रयोगले तनाव, निद्रासम्बन्धी समस्या र चिन्ता बढाउन सक्ने देखाएका छन् । त्यस्तै नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेशन (एनसीबीआई) मा प्रकाशित अर्को अध्ययनले स्मार्टफोनको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गरेको छ ।

  • सम्बन्धित विषय:

  • # सामाजिक सञ्जाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology