Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

एकता सेवा सहयोगी समूहद्वारा उपचाररत सपना विश्वकर्मालाई ६३ हजारभन्दा बढी आर्थिक सहयोग

एकता सेवा सहयोगी समूहद्वारा उपचाररत सपना विश्वकर्मालाई ६३ हजारभन्दा बढी आर्थिक सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०८३ शनिवार • १५:०५:४१ बजे
  • 601
    SHARES
  • एकता सेवा सहयोगी समूहद्वारा उपचाररत सपना विश्वकर्मालाई ६३ हजारभन्दा बढी आर्थिक सहयोग

    कुवेत, १० अक्टोबर (२०२६) — एकता सेवा सहयोगी समूह (नेपाल) ले गम्भीर बिरामी भई उपचाररत सपना विश्वकर्मालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। समूहले विश्वकर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै रु. ६३ हजार ५८१ आर्थिक सहयोग प्रदान गरेको हो।

    images

    समूहका अनुसार २०२६ अक्टोबर ९ का दिन उक्त रकम हस्तान्तरण गरिएको हो। आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेकी विश्वकर्मालाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले समूहले यो मानवीय पहल गरेको जनाएको छ।


    मानवीय सेवा, एकता र सहकार्यलाई आफ्नो मुख्य प्राथमिकता बनाउँदै आएको सो समूहले यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सद्भाव र आर्थिक सहयोग पुर्‍याउने देशविदेशका सम्पूर्ण सहयोगी दाताहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।


    एकता सेवा सहयोगी समूहले आगामी दिनहरूमा पनि यस्तै खालका मानवीय तथा सामाजिक कल्याणका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology