Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खोप

रुसमा कोरोनाविरुद्धको तेस्रो खोप पनि तयार

रुसमा कोरोनाविरुद्धको तेस्रो खोप पनि तयार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७७ शनिवार • १३:२०:३६ बजे
  • 1.5K
    SHARES
  • रुसमा कोरोनाविरुद्धको तेस्रो खोप पनि तयार

    एजेन्सी । विश्व समुदायको पर्खाइ र मागको एक मात्र विषय हो– कोरोनाविरुद्धको खोप । यसकालागि विश्वका बिभिन्न मुलुकका वैज्ञानिकहरु अहोरात्र लागिपरेका छन ।

    images

    तर यसबीचमा रुसले निकै आश्चर्यजनक प्रगति गरेको छ । विश्वमै पहिलो पटक भनेर दावी गर्दै कोरोनाविरुद्धको खोप बनाएको रुसले तीन दिन अधि अर्थात १४ अक्टोबरमा दोस्रो खोप ‘इपिभेककोरोना’ लाई मान्यता प्रदान गरेको थियो ।

    यसअघि १२ अगस्तमा तेस्रो चरणको परीक्षण पुरा हुनु अगावै ‘स्पुतनिक भी’ लाई औपचारिक रुपमा मान्यता दिएको थियो । अहिले रुसले कोरोनाविरुद्धको तेस्रो खोप विकास गरेको दावी गरेको छ ।

    रुसले दावी गरेको यो तेस्रो खोप चुमाकोभ सेन्टर अफ रसियन एकेडेमी अफ साइन्सेजले बनाएको हो । यही बर्षको डिसेम्बरसम्म सरकारी मान्यता पाउने आसा गरिएको छ ।

    अहिले यो खोपको पहिलो चरणको परीक्षण सम्पन्न भैसकेको छ भने दोस्रो चरणको परीक्षण गर्ने क्रममा छ ।

    अन्तराष्ट्रि सञ्चार माध्यमका अनुसार ६ अक्टोबरमा भएको पहिलो चरणको परीक्षणमा १५ जना स्वयंसेवकहरुलाई यो खोप दिइएको थियो ।

    उनीहरुमा कुनै कुनै पनि खराब असर देखिएन । त्यस्तै १९ अक्टोबरमा हुने दोस्रो चरणको परीक्षणमा २८५ जना स्वयंसेवकहरुलाई सहभागी गराइने छ ।

    रुसमा बनेको यो तेस्रो खोपको क्लिनिकल ट्रायल डिसेम्बरसम्ममा पुरा हुने आसा गरिएको छ । सबैभन्दा आश्चर्यजनक विषय के हो भने, यसअघिका दुवै खोपलाई रुसले ठूलो परिमाणमा परीक्षण नगरिकनै सार्वजनिक प्रयोगको अनुमति दिएको थियो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology