चाडपर्वको समयमा विभिन्न स्वादबिना रमणीय वातावरण अपूर्ण रहन्छ । यस्तो अवस्थामा प्रायः चाडहरूमा तयार भएको खानेकुराले पछि स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरू निम्त्याउँछन् ।
वर्तमान स्थितिमा स्वास्थ्यलाई बेवास्ता गर्न सकिँदैन । यसैबीच पर्वमा विभिन्न परिकार र मिष्ठान्नलाई स्वास्थकर बनाउनका लागि हामी केही सुझावहरु दिन चाहन्छौँ ।
तारेको खाना
शरीर र स्वास्थ्य दुबैका दृष्टिबाट तेलमा तारेको खाना स्वास्थकर मानिँदैन । यसबाट बँच्नका लागि सामान्य रुपमा थोरै तेलमा फ्राइ गरेको अथवा घरायसी तरिकामा तयार भएको खानामा विशेष जोड दिनुहोस् ।

चिनीकाे विकल्प
तिहारको उत्सवहरूको प्लेट कुनै मिठाईबिना खाली नै देखिन्छ । भाइचाराको पर्व भएकाले मिठाईको बढी नै उपयोग हुन्छ । तर, स्वास्थ्यको ख्याल राख्दै परिकारहरु बनाउँदा चिनीको साटोमा अन्य चीजहरू प्रयोग गर्नेगरी तयारी गर्न सकिन्छ ।

दूध चकलेटको सट्टा डार्क चकलेट
तिहारमा दिदिबहिनीले दाजुभाइलाई मिठाईसँगै चकलेट दिने चलन रहेको छ । यद्यपि यी दुबै चीजहरूले तौललाई छिटो बढाउन काम गर्दछन् । तिहारमा सेतो वा मिल्क चकलेटको सट्टा डार्क चकलेट खानु बढी स्वस्थकर रहन्छ ।

सुक्खा फल (ड्राई फ्रुट)
चाडपर्वहरूमा भान्सा प्रायः मिठाईहरू र नुनिलो परिकारले भान्साले भरिन्छ । नुन ज्यादा हुँदासमेत शरीरलाई असर गर्दछ । यसकारण सुक्खा नास्ताको सट्टा सुक्खा फलहरू पनि खान सकिन्छ ।

क्यान्डीको सट्टा फलफूल
चाडको मौसममा घर विभिन्न प्रकारका क्यान्डीले भरिन्छ । तपाईं यसको लागि स्वस्थ विकल्प पनि रोज्न सक्नुहुन्छ । क्यान्डीको सट्टा फलफूल खानुहोस् । सबै आवश्यक पोषक फलहरुमा पाइन्छन् । यसले भोक पनि शान्त पार्छ र अनावश्यक चीजहरू खानबाट बँच्न सकिन्छ ।

घरेलु परिकार
बाहिरको मिठाइ खानुको सट्टा, घरमा विभिन्न परिकार पकाउनु राम्रो हुन्छ । घरायसी रेसिपीबाट बन्ने अग्र्यानिक परिकारले स्वाद र स्वस्थता दुबै प्रदान गर्दछ । जसका लागि घरमा नरिवल लड्डु, बर्फी, गाँजरको हलुवालगायत बनाउन सक्नुहुन्छ ।