एजेन्सी । जापानकी राजकुमारीले एकपटक फेरि आफ्नो विवाह स्थगित गरेकी छन् । करिब ७ वर्षदेखि प्रेममा रहेकी जापानकी राजकुमारी माकोले त्यहाँ नियमका कारण फेरि विवाह स्थगित गर्नुपरेको बताएकी छन् ।
वास्तवमा जापानको नियम र शाही परिवारको परम्पराअनुसार राजकुमारी माकोले राजपरिवारभन्दा बाहिरी मानिससँग बिहे गरेमा उनले आफ्नो राजकुमारीको पद त्याग्नुपर्नेछ । र, त्यहाँ साधारण मानिसहरु जस्तै बस्नुपर्नेछ । यस डरले गर्दा, राजकुमारीले फेरि एकपटक आफ्नो विवाहलाई केही दिनको लागि स्थगित गरेकी हुन् ।
यसअघि २८ वर्षीया राजकुमारीले २०१७ मा पनि आफ्नो विवाह स्थगित गरिसकेकी छन् । उक्त समय राजकुमारी माको थप अध्ययनको लागि बेलायत गएकी थिइन् ।
राजकुमारी माको कई कमूरोसँग प्रेममा छिन्, जो समुद्री किनारमा पर्यटनलाई बढावा दिने काम गर्छन् । कोमुरो स्कीइंग पनि गर्छन् र म्युजिकसँगै खाना बनाउन मन पराउँछन् । कोमुरोसँग विवाह स्थगित गरेपनि राजकुमारी माकोले उनीहरु एक अर्काबिना बाँच्न नसक्ने बताएकी छन् ।
यसअघि राजकुमारीको उपाधि माकोकी फुपु स्योकाबाट अन्तिम पटक शाही परिवारमा फिर्ता लिइएको थियो जब २००५मा राजकुमारी स्याकोले टोकियोका अधिकारीसँग विवाह गरेकी थिइन् । तिनीहरूका सबै शाही सुविधाहरू पनि समाप्त भएका थिए ।