Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आजदेखि कक्षा १२ को परीक्षा शुरु

आजदेखि कक्षा १२ को परीक्षा शुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७७ मंगलवार • ०७:५८:०७ बजे
  • 1.8K
    SHARES
  • आजदेखि कक्षा १२ को परीक्षा शुरु
    कोरोना भाईरस संक्रमणको जोखिमका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि शुरु हुँदैछ । यो वर्ष परीक्षामा ४ हजार १ सय ५ परीक्षा केन्द्रबाट ४ लाख ३२ हजार बिद्यार्थी सहभागी हुँदैछन् ।
    परीक्षाका बेला प्रत्येक परिक्षार्थीले हलमा २ मिटरको दुरी कायम गर्ने ब्यबस्था मिलाईएको छ । परीक्षा केन्द्र परिसरमा रहेको हेल्थ डेस्कमा हात धुने, ज्वरो नाप्ने ब्यबस्था मिलाईएको र मास्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एउटा कक्षा कोठामा २० जना परीक्षार्थी मात्रै राख्ने ब्यबस्था गरिएको छ ।
    कुनै परीक्षार्थी कोरोना पोजिटिभ देखिएमा पछि परीक्षा दिने ब्यबस्था मिलाइएको छ । परीक्षा हल आधा घण्टा अघिदेखि खुल्ने बोर्डले जनाएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गरी ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका छन् ।
    परीक्षा केन्द्रहरुमा भौतिक दुरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने जस्ता सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्ने व्यवस्था गरिएको मन्त्री पोखरेलले बताएका छन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology