शरीरलाई स्वस्थ राख्नको लागि आहारमा फलफूल र तरकारीहरू धेरै प्रयोग गर्नु महत्वपूर्ण हुन्छ । केही फलफूल र तरकारीहरू काच्चो खाँदा पोषक तत्वहरु धेरै पाइन्छ । तर, केही भने पकाउँदा बढी फाइदा हुन्छ ।
ब्रोकाउलीलाई स्टिम गर्ने
ब्रोकाउली काच्चो खाँदा बेस्वाद लाग्छ भने यसलाई स्टिममा पकाएर खान सकिन्छ । उमालेर वा फ्राई गरेपछि ब्रोकोलीका पोषक तत्वहरु नष्ट हुन्छन् । बाफमा पकाउँदा स्वस्थ यौगिकहरू कायम रहन्छ । ब्रोकाउलीमा हुने ग्लुकोसिनोलेटले शरीरलाई क्यान्सर जस्ता थुप्रै गम्भीर रोगहरूबाट बचाउँछ ।

काच्चो लसुन
सेलेनियम एन्टिअक्सिडेन्ट लसुनमा पाइन्छ, जसले रक्तचापलाई नियमित गर्दछ र शरीरलाई धेरै खतरनाक रोगहरूबाट टाढा राख्छ । धेरै मानिसहरूले तरकारीमा लसुन राखेर पकाएर खान्छन् । तर, बढी फाइदा लिने हो भने लसुनलाई काच्चो खानुहोस् । काच्चो लसुन स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ ।

च्याउलाई प्रेसर कुकरमा पकाउने
च्याउमा धेरै कम क्यालोरी हुन्छ । फाइबर र एन्टिअक्सिडेन्टहरू भरिएका हुन्छन् । च्याउलाई सलादको रुपमा पनि खान सकिन्छ । च्याउबाट बढी पोषक प्राप्त गर्ने हो भने यसलाई स्टिम वा प्रेसर कुकरमा पकाएर खान सकिन्छ । च्याउ पकाउँदा यसमा उपस्थित एन्टिअक्सिडेन्टहरूको मात्रा बढ्छ ।

टमाटर सस
अधिक व्यक्ति पास्ता र अन्य धेरै चीजहरूमा टमाटर सस राखेर बनाउँदछन् । बजारको टमाटर ससको तुलनामा घरमा बनेको टमाटरको सस स्वस्थ हुन्छ । टमाटरमा रहेको प्राकृतिक लाइकोपिनले हृदयरोग र क्यान्सर जस्ता गम्भीर रोगहरूबाट बचाउँछ ।

गाजर पकाएर खाने
गाजरमा प्राकृतिक क्यारोटिनोइड पाइन्छ । यसले आँखा बलियो बनाउँछ र शरीरलाई गम्भीर रोगहरूबाट बचाउँछ । क्यारोटिनोइड पनि लाइकोपिनजस्तो खाना पकाएपछि पाइन्छ । गाजरको अधिक पोषक तत्वहरू प्राप्त गर्न यसलाई स्टिममा पकाएरअथवा हल्का फ्राई गरेर खान सकिन्छ ।

ताजा फलहरू
ताजा फलहरूमा प्रशस्त फाइबर पाइन्छ । तिनीहरूसँग क्यालोरी कम र भिटामिनहरूले भरिएको हुन्छ । केही फलहरू अंगुर, स्याउले मधुमेहको सम्भावना कम गर्दछ । फलफूलको जुसभन्दा शरीरको लागि फलफूलनै खानु धेरै फाइदाजनक हुन्छ ।

खाना पकाउने तरिका
तरकारीहरू उमालेर पकाउँदा पानी र उच्च तापमानले उनीहरूको पोषकतालाई केही हदसम्म कम गर्दछ । तिनीहरूलाई हल्का रूपमा फ्राई गर्नाले तिनीहरूको पोषकतत्व कायम रहन्छ ।

यस्तै, माइक्रोवेभमा पकाउँदा, यसमा उपस्थित भिटामिनहरू शरीरलाई पनि उपलब्ध हुन्छन् । बाफमा पकाउँदा तरकारीमा तेल र घिउको प्रयोग हुँदैन र यसको पोषकता पनि अवस्थित हुन्छ ।