Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रातिमा पर्याप्त निद्रा नलागेमा के गर्ने ?

रातिमा पर्याप्त निद्रा नलागेमा के गर्ने ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७७ शुक्रवार • १९:१३:४८ बजे
  • 2.0K
    SHARES
  • रातिमा पर्याप्त निद्रा नलागेमा के गर्ने ?

    एजेन्सी । तपाईँलाई कतै रातिमा निद्रा राम्रोसँग नलाग्ने समस्या त छैन ? समस्या छ भने बेलायती र अष्ट्रेलियाका अनुसन्धानकर्ताले तपाईँका लागि विभिन्न सुझाव पत्ता लगाएका छन् । बेलायती र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले राति नसुतीकन सक्रिय रहने मानिसहरूमा एक अध्ययन गरेका छन् ।

    images

    अनुसन्धानकर्ताका अनुसार सधैँ एउटै निश्चित समयमा सुत्ने गरेमा, क्याफिन नखाएमा र बिहान पर्याप्त घाममा बसेमा निद्रासम्बन्धी समस्या निराकरण गर्न सकिने निष्कर्ष निकालिएको छ । सुन्दा सामान्य लागे पनि यो शैली अनुकरण गरे यसले महत्त्वपूर्ण प्रभाव पार्न सक्ने उनीहरूको दाबी छ ।

    सबै मानिसको शरीरमा एउटा ‘जैविक घडी’ हुन्छ। त्यो सूर्योदय र सूर्यास्तसँग अनुकूल भएको हुन्छ। त्यसैले हामीलाई उज्यालो नभएको रातिको समयमा निद्रा लाग्ने गर्छ। तर केही मानिसको घडी अरूको भन्दा ढिलो चल्छ। केही मानिस बिहान सबेरै उठ्छन् र उनीहरूलाई रातिमा जागा बस्न गाह्रो हुन्छ।

    तर राति सक्रिय हुने मानिसमा यो प्रक्रिया उल्टो हुन्छ। उनीहरूको समस्या भनेको के हो भने आफ्नो शरीर तयार हुनुभन्दा अगाडि नै अलार्मको सहयोगमा बिहान बिउँझनुपर्छ। सधैँ राति जागा बस्ने मानिसमा स्वास्थ्यको समस्या देखिने गरेको छ।

    वैज्ञानिकहरूले उल्लूजसरी रातभरि जागा बस्ने अर्थात राति निद्रा नलाग्ने चर्को समस्या भोगिरहेका २१ जना व्यक्तिमा अध्ययन गरेका थिए। सरदर उनीहरू बिहान साढे दुई बजे मात्रै सुत्थे र बिहान १० बजेसम्म उठ्दैनथे।

    रातिमा पर्याप्त निद्रा नलागेमा के गर्ने ?

    पहिलाभन्दा २-३ घण्टा अगाडि उठ्ने र बिहान बाहिर गएर घाममा बस्ने

    सकेसम्म चाँडै बिहानको खानेकुरा खाने

    बिहान मात्रै शारीरिक व्यायाम गर्ने

    सधैँ एउटै समयमा दिउँसोको खाना खाने र राति सात बजेपछि केही नखाने

    दिउँसो तीन बजेपछि क्याफिन भएको पेयपदार्थ सेवन नगर्ने अर्थात कफि, चिया, चुरोटलगायत नपिउने

    दिउँसो चार बजेपछि छोटो समयका लगि भएपनि नसुत्ने

    पहिलाभन्दा २-३ घण्टा अगाडि सुत्ने र राति सुत्ने ठाउँमा धेरै उज्यालो हुन नदिने

    प्रत्येक दिन उही समयमा सुत्ने र उही समयमा उठ्ने

    युनिभर्सिटी अफ बर्मिङ्घम, युनिभर्सिटी अफ सरी र मोनाश युनिभर्सिटीले गरेको विश्लेषणमा तीन हप्तापछि यो निर्देशन पालना गर्ने मानिसको जैविक घडीमा दुई घण्टाले सुधार भएको देखिएको छ । स्लिप मेडिसिन नामक जर्नलमा प्रकाशित शोधमा ती मानिसहरू उति नै घण्टा सुत्न सकेको उल्लेख छ।

    युनिभर्सिटी अफ सरीमा प्राध्यापन गर्ने डेब्रा स्किनी भन्छिन्, ‘सामान्य दैनिकी बनाउँदा राति निद्रा नपर्नेहरूलाई पनि आफ्नो शरीरको घडी अनुकूल पार्न र समग्रमा आफ्नो शारीरिक र मानसिक स्वास्थ्य सुधार्न सहयोग पुग्यो। निद्रा नपुग्दा र शरीरको घडी नमिल्दा धेरै शारीरिक प्रकिया अवरुद्ध हुन्छन् र त्यसो हुँदा हृदयरोग, क्यान्सर र मधुमेहको जोखिम बढ्छ।’

    शरीरले प्रकाशप्रति विशेष प्रतिक्रिया देखाउँछ। तसर्थ शरीरलाई दिउँसो धेरै र राति कम प्रकाश देखाउनुपर्छ। सुत्ने र उठ्ने समयमा एकरूपता नहुँदा पनि शरीरको जैविक घडी अलमलिन्छ।

    यो अध्ययनमा प्रयोग गरिएको विधि सामान्य सुझावजस्तो लागे पनि यो पालना गर्दा शरीरको घडीलाई अनुशासित बनाउन सहयोग पुग्छ। अनुसन्धनकर्ताहरूलाई ढिलो सुत्ने बानी परेकाहरूमा कस्तो प्रभाव पर्छ भन्ने थाहा थिएन। युनिभर्सिटी अफ बर्मिङ्घमका डा.एन्ड्रयू ब्याग्शोका अनुसार यी सामान्य कुरा जोसुकैले गर्न सक्छन् र त्यसबाट परिवर्तन पनि हुन्छ।

    बिबिसीबाट साभार

  • सम्बन्धित विषय:

  • # जीवनशैली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology