Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कक्षा १२ काे प्रश्नपत्र बाहिरियो, तर गुपचुप राख्ने प्रयास

कक्षा १२ काे प्रश्नपत्र बाहिरियो, तर गुपचुप राख्ने प्रयास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७७ आइतवार • १०:४८:३९ बजे
  • 2.4K
    SHARES
  • कक्षा १२ काे प्रश्नपत्र बाहिरियो, तर गुपचुप राख्ने प्रयास

    मंसिर ९ देखि जारी कक्षा–१२ को परीक्षाअन्तर्गत ११ मंसिरको फिजिक्स विषयको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएको खुलासा भएको छ ।

    images

    बुटवलका एक शिक्षकका अनुसार फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएर विद्यार्थीहरुको फेसबुक ग्रुपमा आइसकेको थियो ।

    बुटवलमा अघिल्लो साँझ ७ बजे केही ब्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो । भोलिपल्ट पेपर पाएपछि शिक्षकहरुले सामाजिक संजालमा आएको र परीक्षाका लागि मेलमा पठाएको पेपर एकै भएको देखेपछि तत्काल परीक्षा नियन्त्रण कार्यालयलाई जानकारी गराएका थिए ।

    तर यो घटनाको जानकारी गराएका ती शिक्षकलाई परीक्षा बोर्डका अधिकारीले गल्ती स्वीकार नगरी उल्टै प्रहरी लगाएर समात्ने धम्की दिएपछि कुरा सेलाएको छ ।

    यसबारेमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिब, परीक्षा उपनियन्त्रक र प्रदेश परीक्षा कार्यालय प्रमुख पूर्ण जानकार रहेको उनी बताएको समाचार आजको नयाँ पत्रिकामा प्रकाशित भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology