Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली सेनाको लिखित परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ

नेपाली सेनाको लिखित परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १५, २०७७ सोमवार • ०९:२७:२८ बजे
  • 2.6K
    SHARES
  • नेपाली सेनाको लिखित परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ

    नेपाली सेनाको लिखित परीक्षमा नक्कली परिक्षार्थी पक्राउ परेका छन । सेनाको सैन्य दर्जाको लिखित परीक्षामा साथीको नाममा परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    बझाङ दुर्गाथली गाउँपालिका–४ बस्ने २२ बर्षीय मुकेश भण्डारीको नाममा परीक्षा दिइरहेका डोटी सायल गाउँपालिका–६ बस्ने २२ वर्षीय सुमन खड्कासमेत दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका डीएसपी अमर थापाले जानकारी दिए ।

    १३ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–४ कञ्चन विधा मन्दिर परीक्षा केन्द्रमा नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा रहेको थियो ।

    परीक्षामा सहभागी सुमन खड्काको प्रवेशपत्र जाँच गर्ने क्रममा फोटो नमिलेपछि अर्कोको नाममा परीक्षा दिँदै गरेको खुलासा भएको डीएसपी थापाले बताए ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology