Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मिर्गौला स्वस्थ राख्न यसो गरौँ

मिर्गौला स्वस्थ राख्न यसो गरौँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १६, २०७७ मंगलवार • १३:४९:१० बजे
  • 1.8K
    SHARES
  • मिर्गौला स्वस्थ राख्न यसो गरौँ

    शरीर स्वस्थ राख्नका लागि खानपान, सरसफाईदेखि शारीरिक व्यायमसम्म सबै महत्वपूर्ण हुन्छन् । यसक्रममा शरीरमा सबै अंगहरु स्वास्थ र सफा राख्नु अझ महत्वपूर्ण हुन्छ ।

    images

    व्यक्ति स्वस्थ रहनका लागि मृगौलाको स्वस्थता आवश्यक हुन्छ । मिर्गौलाले हाम्रो शरीरलाई डिटक्सिफाई गर्ने काम गर्दछ । यसले फोहोर, विषाक्त र अतिरिक्त तरल पदार्थहरू शरीरबाट बाहिर पिसाबमार्फत फाल्ने गर्दछ ।

    शरीरमा रगत शुद्ध पार्ने मिर्गौला सफा भएन भने, युरिनरी डिसअर्डरसहित पेट दुख्ने, ज्वरो र बान्ता हुने जस्ता गम्भीर समस्याहरू बढ्न सक्दछन् । यस्तै मिर्गौलामा भण्डारण भएका विषाक्त पदार्थहरूले रगत शुद्धिकरणमा बाधा पुर्याएर व्यक्तिको मृत्युसमेत हुन सक्दछ ।

    मिर्गौलाको समस्याबाट मुक्ति पाउनका लागि हामी खानामा केही सामान्य ध्यान दिन सक्यौँ भने पुग्छ । जसका लागि हामीले दैनिक खाने खानामा केही चीजहरु समेट्न जरुरी छ ।

    हाम्रो भान्छामा दाल आदिमा झान्नका लागि अथवा मसलाका रुपमा प्रयोग गरिने जीरा मिर्गौला सफा गर्न धेरै फाइदाजनक हुन्छ । जीरा र धनियाँ ४/५ टुक्रा कागती मिलाएर एक डिटोक्सिफ ड्रिंक घरमा तयार गर्न सकिन्छ । मृगौला सफा गर्नका लागि यो पेय पदार्थ धेरै प्रभावकारी छ ।

    भान्छामा खानाको स्वाद बढाउन धनियाँ प्रयोग गरिन्छ । धनियाँमा रहने डिटोक्सिफिकेसनका गुणहरूले शरीरबाट फोहोर र विषाक्त पदार्थ हटाउन मद्दत गर्दछ । धनियाँलाई खानामा अथवा रसमा प्रयोग गर्न सकिन्छ ।

    हामीले मकैलाई मुख्य खाद्यान्नको रुपमा प्रयोग गर्दै आएका छौँ । तर, मकैको घोगामा देखिएको सुनौलो रेशाहरूले मिर्गौलालाई डिटोक्सिफाई गर्न सक्छ भन्ने कुरा धेरै कमलाई थाहा छ । मृगौला र मूत्रथैली डिटक्सिफाई गर्न तथा रगतमा चिनी नियन्त्रण गर्दै प्रतिरोधक क्षमता बढाउन पनि यो रेशाले प्रभावकारी काम गर्दछ ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology