Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि ब्रिटेनले दियो अनुमति

कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि ब्रिटेनले दियो अनुमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७७ बिहिवार • ०८:४२:४० बजे
  • 1.3K
    SHARES
  • कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि ब्रिटेनले दियो  अनुमति
    एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि ब्रिटेनले अनुमति दिएको छ । अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकको खोपलाई आपत्‌कालीन प्रयोगका निम्ति ब्रिटेनले अनुमति दिएको हो । यससंगै आममानिसमा खोप प्रयोग गर्ने ब्रिटेन पहिलो देश बनेको छ।ब्रिटेनको यो कदमसंगै युरोपेली राजनीतिमा तरङ्ग उत्पन्न भएको छ। युरोपेली युनियनको नियामक निकायले अझै पनि ती खोपहरुको आँकडा अध्ययन गरिरहेको छ। कतिपय ब्रिटिश मन्त्रीले ब्रिटेनले छिटो अनुमति दिन सक्नुका पछाडि ब्रेक्जीट पनि एउटा कारण भएको बताएका छन ।
    ब्रिटेनका स्वास्थ्यमन्त्री म्याट ह्यानककले ब्रेक्जीटका कारण युकेमा युरोपेली युनियनका अन्य सदस्य राष्ट्रहरूभन्दा चाँडो कोभिड खोप प्रयोगको स्वीकृती दिन सकिएको बताएका थिए। “हामी सम्पूर्ण सुरक्षा जाँच गर्छौँ र उस्तै प्रक्रिया पूरा गर्छौँ। खासगरी ब्रेक्जीटका कारण हामीले यस्तो निर्णय गरेका हौं,” उनले भने।
    अनि हाउस अफ कमन्सका कन्जरभेटिभ नेता जेकब रिजमगले पनि ट्वीट गर्दै भनेका छन, “हामीले ईयू त्यागेकै कारण यति छिटो खोपलाई अनुमति दिन सकेका हैं।” तर ईयूका अधिकारीहरूले त्यस्ता भनाइलाई खारेज गर्दै ईयूद्वारा स्थापित संयन्त्र नै ब्रिटेनले पनि पछ्याएको र जुनसुकै सदस्य राष्ट्रले पनि त्यसो गर्नसक्ने दावी गरेको छ। ईयूको नियामक निकायले आफ्नो प्रक्रियामा ढिलाइ हुनुको कारण त्यसमा सामेल कडा सुरक्षा परीक्षणका नियम रहेको जनाएको छ।
    ब्रिटेनका निम्ति जर्मनीका राजदूत आन्द्रियास माइकेलिसले भाइरस विरुद्धको लडाइँ कुनै राष्ट्रिय मुद्दा नभएको भन्दै अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता रहेको बताएको बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology