Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चिनियाँ भ्याक्सिन तयार : करोडौँ डोज वितरणका लागि चीन तयारी अवस्थामा

चिनियाँ भ्याक्सिन तयार : करोडौँ डोज वितरणका लागि चीन तयारी अवस्थामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७७ बिहिवार • ०९:४१:१३ बजे
  • 2.3K
    SHARES
  • चिनियाँ भ्याक्सिन तयार : करोडौँ डोज वितरणका लागि चीन तयारी अवस्थामा

    एजेन्सी । कोरोना भाइरसविरुद्धको भ्याक्सिनको उत्पादन तथा निर्यातका लागि अन्य देशको तुलनामा चीन धेरै अगाडि बढेको छ । सिएनएनको एक रिपोर्ट अनुसार कोरोना भ्याक्सिनको करोडौँ डोज निर्यातका लागि चीनले सम्पूर्ण तयारी पूरा गरेको छ ।

    images

    भ्याक्सिन निर्यातका लागि सम्पूर्ण तयारी पूरा गरेको चीनले अनुमति कुरेर बसेको सिएनएनले जनाएको छ । विदेशमा कोरोनाविरुद्धको भ्याक्सिन निर्यातका लागि चीनले अन्तर्राष्ट्रिय विमानस्थलहरुमा विशेष व्यवस्था गरिसकेको छ । जहाँ अत्यन्तै कम तापक्रममा भ्याक्सिन स्टोर गर्नेगरी व्यवस्थापन गरिएको छ । रिपोर्ट अनुसार एक दुई महिनाभित्रमा नै चीनले विभिन्न देशमा एकैसाथ कोरोनाविरुद्धको भ्याक्सिन पठाउनेछ ।

    चीनका ४ वटा कम्पनीले तयार गरेका पाँच कोरोनाविरुद्धका भ्याक्सिन तेस्रो चरणको परीक्षणमा छन् । १६ देशमा चिनियाँ भ्याक्सिनको परीक्षण भइरहेको छ । चीनले सबैभन्दा पहिले आफ्नो भ्याक्सिन परीक्षण गरिरहेका देशलाई भ्याक्सिन निर्यातको तयारी गरेको छ । अन्य विकासशिल देशलाई पनि पहिलो चरणमा भ्याक्सिन निर्यात गर्ने चीनको तयारी छ ।

    चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले ब्राजिलमा ४ करोड ६० लाख र टर्कीमा ५ करोड भ्याक्सिन तत्काल नै उपलब्ध गराउनेगरी सम्झौता गरेको छ । क्यानसिनो बायोलोजिक्सले मेक्सिकोमा ३ करोड ५० लाख डोजका लागि सम्झौता गरिसकेको सिएनएनले जनाएको छ । यो कम्पनीले सन् २०२१ भित्रै एक अर्ब डोज उत्पादन गर्ने आफूसँग क्षमता रहेको जनाएको छ ।

    सिनोफार्म कम्पनीले पछिल्लो महिना दर्जनौँ देशले आफ्नो भ्याक्सिन खरिद गर्नका लागि प्रस्ताव गरेको जनाएको थियो । उक्त कम्पनीले पनि एक अर्ब डोज एकवर्षभित्र उत्पादन गर्ने जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology