Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आत्मविश्वासले बदलिएको जीवन

आत्मविश्वासले बदलिएको जीवन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०७७ मंगलवार • १०:३८:०३ बजे
  • 2.3K
    SHARES
  • आत्मविश्वासले बदलिएको जीवन

    एजेन्सी । जीवनमा थुप्रै खाले उतार चढावहरु आउँछन । तिनको सफलतापूर्वक सामान गर्दै अघि बढ्नु पर्छ । तर विभिन्न कारणहरुले गर्दा उत्पन्न हुने जटिल परिस्थितिहरुले कहिले काँही अधिक तनाव पनि दिन्छ । यद्यपी धैर्यताका साथ यसको ब्यवस्थापन गर्नु बाहेक अर्को विकल्प हुँदैन ।

    images

    यस्तै एक उदाहरण बनकी छिन, एक अमेरिकी एकल आमा । अमेरिकाको क्यालिफोर्नियाको अरेन्ज काउन्टी निवासी समान्था रालीले आफ्नो तौलका कारण लज्जास्पद स्थितिको सामाना गर्नुपर्ने कल्पना कहिल्यै पनि गरेकी थिइनन् । तर परिस्थिति ठ्याक्कै त्यस्तै आइलाग्यो ।

    उनलाई उनका प्रेमीले आफ्ना अभिभावकसंग भेटाउन चाहेनन् । समान्थाका प्रेमीले उनको अधिक मोटो शरीर र बढ्दो तौलका कारण प्रेम सम्बन्ध पनि तोडे । यो घटनाबाट समान्थालाई केही समय थुप्रै नकारात्मक सोंचले घेर्यो । निकै मानसिक तनाव ब्यहोर्नुपर्यो । तर उनले आफुमा देखिएको त्यहि नकारात्मक सोंचलाई शक्तिमा बदल्ने अठोट गरिन ।

    ३० बर्षीया एकल आमा समान्थाको तौल १६५ केजी थियो । उनले आफ्नो तौल घटाउन ब्यायाम लगायतका थुप्रै परम्परागत उपायहरु गरिन । तर सफलता हात लाग्न सकेन ।

    समान्थाको भनाई अनुसार उनले १२ बर्षको उमेर देखि नै खानपानमा नियन्त्रण बनाएकी थिइन । केही समयका लागि थोरै तौल घट्ने तर पुनः बढ्ने क्रम चलिरह्यो ।

    आफ्नो मोटोपनले उनको दैनिकीलाई खासै असर गरेको त थिएन, तर यही कारणले उनको सबैभन्दा प्रिय प्रेमीले उनलाई चटक्कै छाडेको थियो । यसर्थ पनि उनले आफुलाई पुरै रुपमा बदल्न चाहेकी थिइन । किनकी डेटिङको दुनियाँमा उनको अनुभव निकै नमिठो छ ।

    उनको २ बर्षे प्रेम सम्बन्ध टुटेको थियो । उनका पूर्वप्रेमीले उनलाई कहिल्यै पनि आफ्ना अभिभावक र साथीभाईहरुसंग भेट नगराउने जस्ता तितो सम्झनाले उनलाई सधैं सताइरहन्थ्यो ।

    आफ्ना ती दुखद पलहरुलाई सम्झंदै समान्थाले भनिन, “मेरो पूर्व प्रेमी भन्दा अघि पनि मैले केही पुरुषहरुसंगको डेटिङमा गएकी थिएँ, तर उनीहरु पनि मेरो मोटो शरीर र बढ्दो तौलका कारण सहज रुपमा प्रस्तुत हुन सकेनन् । यसबाट मेरो आत्मविश्वास पनि डगमगाउन लागेको थियो । म सानैदेखि सबैको प्रेरणको स्रोत बन्न चाहन्थें । प्राकृतिक रुपमै नियमित ब्यायाम र नियन्त्रित खानपानबाट शरीरको तौल घटाउन सकिन्छ भन्ने सन्देश दिन चाहन्थें, तर चाहे जस्तो भएन ।”

    आखिर उनले यो समस्याबाट छुटकारा पाउन डाक्टरको सहयोग लिन बाध्य भइन । उनले ग्रस्टिक स्लीव सर्जरी गर्नु पर्यो ।

    यसबाट ९० केजी तौल घटाउन सफल भइन । उनको हात, खुट्टा र पेटको आकार मिलाउन प्लास्टिक सर्जरी (रिकन्स्ट्रक्टिभ सर्जरी) गर्नु पर्यो ।

    यसका लागि उनले २० हजार पाउण्ड खर्च गरेको डेलिमेलले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जीवनशैली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology