Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाबुराम भट्टराईको नयाँ पुस्तक सार्वजनिक

बाबुराम भट्टराईको नयाँ पुस्तक सार्वजनिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७७ बिहिवार • १२:२७:१२ बजे
  • 2.0K
    SHARES
  • बाबुराम भट्टराईको नयाँ पुस्तक सार्वजनिक

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ पुस्तक ‘अर्थ–राजनीतिक विमर्श’ प्रकाशित भएको छ ।पुस्तकमा भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएका छन् ।  उक्त पुस्तकमा राजनीतिक वाददेखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरु समेटिएका छन् ।

    images

    भट्टराईले पुराना पार्टी र वैकल्पिक नयाँ शक्तिको खोजीमा लागिरहेकाहरू पनि मौजुदा गतिरोध र असामञ्जस्यमा फसिरहेको सन्दर्भमा आफूले यो पुस्तकलाई वैचारिक बहसको थालनीका रूपमा लिएको जनाउनुभएकाे छ ।

    पुस्तकको भूमिका डम्बर खतिवडाले लेख्नुभएकाे छ । उहाँले उक्त पुस्तकले एक्काइसौं शताब्दीको वैश्विक–वैचारिक परिवेशलाई बुझ्न र विशेषतः उत्तर–गणतान्त्रिक युगको नेपाली राजनीतिको भावी कार्यदिशा निर्धारण गर्न अभिप्रेरणा दिने उल्लेख गर्नुभएकाे छ ।२७४ पृष्ठको उक्त पुस्तकको मूल्य ४६४ रुपैयाँ राखिएको छ ।

  • सम्बन्धित विषय:

  • # शिक्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology