Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वैज्ञानिकहरुले पत्ता लगाए कोरोना भाइरस नष्ट गर्ने सस्तो उपाय

वैज्ञानिकहरुले पत्ता लगाए कोरोना भाइरस नष्ट गर्ने सस्तो उपाय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७७ बुधवार • १४:१६:०३ बजे
  • 1.6K
    SHARES
  • वैज्ञानिकहरुले पत्ता लगाए कोरोना भाइरस नष्ट गर्ने सस्तो उपाय

    एजेन्सी । विश्वभरका वैज्ञानिकहरु अहिले कोरोना भाइरस निर्मुल पार्ने उपायको खोजीमा छन । जसअनुसार छिटो भन्दा छिटो खोप विकास र उत्पादन गर्ने होड चलिरहेको छ । यहि सन्दर्भमा इजरायलयको तेल अभिभ युनिभर्सिटीका वैज्ञानिकहरुले कोरोना भाइरसलाई नष्ट गर्ने सजिलो र सस्तो उपाय फेला पारेको बताएका छन ।

    images

    वैज्ञानिकहरुको अनुशन्धानले एलइडी बत्तिको प्रयोगबाट कोरोना भाइरस उत्पन्न गराउने SARS-CoV-2 लाई नष्ट गर्न सकिने पुष्टि गरेको छ । अध्ययन अनुसार यो प्रविधिलाई एयर कण्डिसन तथा पानी वितरण प्रणालीमा जडान गर्न सकिन्छ । यसमा परावैजनी किरण (अल्ट्राभायोलेट रेज) उत्पन्न गराउने डायोड (युभी–एलईडी) ले कोरोना भाइरसलाई सफलतापूर्वक नष्ट गर्न सक्छ ।

    यो प्रविधि अहिलेसम्मकै सस्तो भएको पनि वैज्ञानिकहरुले बताएका छन । जर्नल अफ फोटो क्यामेष्ट्री एण्ड बायोलोजीमा प्रकाशित रिपोर्ट अनुसार वैज्ञानिकहरुले भाइरसमाथी फरक फरक तरंग निकाल्ने युभी–एलईडी विकिरणको किटाणु मार्ने क्षमताको प्रयोग गरेका थिए । यो प्रयोगमा कोरोना भाइरस उत्पन्न गराउने SARS-CoV-2 पनि समावेश गराइएको थियो ।

    तेल अभिभ विश्वविद्यालयको अमेरिकन स्टडीका सह लेखक हादस ममनेले बस, रेल, स्पोर्ट्स हल तथा विमानहरुमा कोरोना भाइरस नष्ट गर्न विभिन्न प्रकारका रशायनहरुको प्रयोग भैरहेको र यसका लागि अधिक श्रमशक्तिको पनि प्रयोग भैरहेको बताए । कोरोना भाइरसलाई नष्ट गर्न एलईडी बल्बबाट बनाइएको किटाणु नाशक प्रणालीलाई भेन्टिलेसन र एयर कण्डिसनमा जडान गर्न सकिने उनले बताए ।

    ममनेले भने, “परावैजनी प्रकाश फैलाउने एलईडी बल्बहरुको प्रयोग गरेर कोरोना भाइरसलाई सजिलै मार्न सकिने तथ्य हाम्रो अध्ययनमा भेटिएको छ । हामीले सस्तो मुल्यमा सजिलै पाइने एलईडी बल्बहरुको प्रयोगबाट कोरोना भाइरसलाई नष्ट गर्न सक्यौं ।”

    उनका अनुसार एलईडी बल्लबलाई एयर अण्डिसन, भ्याकुम, पानी ल्याउने पाईप र पानी ढुवानी गर्ने सवारी साधनमा प्रयोग गर्न सकिन्छ । यो प्रविधिले ठूला ठूला सतह र खाली स्थानहरुलाई सजिलै कोरोना भाइरसमुक्त गराउन सकिने हादस ममनेले बताए ।

    अनुशन्धानकर्ताहरुका अनुसार कोरोना भाइरस नष्ट गर्ने यो प्रणालीलाई एलईडी बल्बबाट प्राप्त हुने परावैजनी विकिरण मानिसको सम्पर्कमा नआउने गरी डिजाइन गर्नुपर्छ । घरभित्रको किटाणुरहित सतहमा युभी–एलईडीको प्रयोग अत्यन्तै घातक हुने वैज्ञानिकहरुलाई उद्धृत गर्दै साइन्स डेलीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology