Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बायोटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सुरक्षित

बायोटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सुरक्षित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०७७ बिहिवार • १०:२८:३८ बजे
  • 1.8K
    SHARES
  • बायोटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सुरक्षित

    एजेन्सी । भारत बायोटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सुरक्षित सावित भएको छ । पहिलो चरणको क्लिनिकल ट्रायलबाट यस्तो नतिजा आएको हो ।

    images

    परीक्षणका क्रममा खोप दिइएका संक्रमितहरुमा कुनै खराब असर नदेखिएको र रोग प्रतिरोधी क्षमताको विकास राम्ररी भएको भेटिएको थियो ।

    भारत बायोटेकको खोप कोभ्याक्सिन (बीबीभी १५२) को पहिलो चरणको क्लिनिकल ट्रायल गत सेप्टेम्बर महिनामा समाप्त भएको थियो भने हालै नतिजा सार्वजनिक गरिएको हो ।

    भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आइसिएमआर) को सहयोगमा भारत बायोटेकद्वारा विकसित कोरोनाविरुद्धको खोप कोभ्याक्सिन (बीबीभी १५२) को पहिलो चरणको क्लिनिकल ट्रायलमा एक मात्रै गंभीर केस देखिएको थियो ।

    सबै संक्रमितहरुलाई ३० जुलाईमा खोप दिइएको थियो । तर एकजना संक्रमितलाई खोप दिइएको ५ दिनपछि पनि कोरोना संक्रमण निर्मुल हुन सकेको थिएन ।

    यसलाई सामान्य लक्षण भनिए पनि १५ अगस्तमा उनलाई अस्पताल भर्ना गरिएको थियो । २२ अगस्तमा न्युक्लिक एसिडको परिणाम नकारात्मक देखिएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

    यो केस कोभ्याक्सिन (बीबीभी १५२) खोपको असरका कारण नभएको पनि पुष्टि भयो । कोभ्याक्सिन (बीबीभी १५२) खोपको पहिलो मात्रा दिंदा केही सहभागीहरुमा सामान्य असर देखिएको थियो ।

    तर ति असरहरु औषधिको प्रयोग बिनै छिट्टै आफै समाप्त भए । पहिलो चरणको क्लिनिकल ट्रायलमा छुट्टा छुट्टै ११ वटा अस्पतालका ३७५ जना स्वयं सेवकहरुलाई सहभागी गराइएको थियो ।

    कोभ्याक्सिन (बीबीभी १५२) लाई २ देखि ८ डिग्री सेल्सियसबीचको तापक्रममा रखिएको मेडआरएक्स आईभीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology