Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बेलायतको मास्टरसेफ फाइनलमा सन्तोष साह

बेलायतको मास्टरसेफ फाइनलमा सन्तोष साह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०७७ बिहिवार • १२:०४:३९ बजे
  • 1.7K
    SHARES
  • बेलायतको मास्टरसेफ फाइनलमा सन्तोष साह

     नेपाली सेफ सन्तोष साह बिबिसीबाट प्रसारित ‘मास्टर सेफ युके प्रोफेसनल्स २०२०’ को फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । उनीसँगै अन्य प्रतिस्पर्धीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    images

    आज राति प्रसारण हुने फाइनलमा उनले अन्य दुई प्रतिस्पर्धीसँग मास्टर सेफ यूके प्रोफेसनल्स २०२० को ताजका लागि खाना पकाउँदैछन् । अन्तिम तीनमा पर्नका लागि उनले भटमास र गुन्द्रुकको अचार तथा मिन्ट पराठा बनाएका थिए ।

    नेपाली मूलका ब्रिटेनमा बसोबास गर्ने सेफ सन्तोष बबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेसनल युके प्रतियोगिता २०२०’ को १६औँ संस्करणको फाइनलमा प्रवेश गर्न सफल भएका हुन् ।

    सन्तोषले मास्टर सेफको टप ६ प्रतिस्पर्धीमा खरायोको मासु, डिजर्टको रुपमा कोदोको खिरसँगै आँपको कुल्फी र तराईमा प्रचलित तर लोप भएको आँपको ‘अमौरा’ बनाएका थिए ।

    लण्डनको प्रख्यात सेफहरु सँग प्रशिक्षणसँगै काम गरिसकेका सन्तोषले मास्टर सेफमार्फत नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने लक्ष्य लिएका छन् ।

    इण्डियन कुइजिनबाट वर्षौँदेखि सँगालेको अनुभवका आधारमा उनी नेपाली खानालाई अघि बढाउन प्रयत्नरत छन् ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology