Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महिलाका यी १० कुरामा ध्यान दिएमा हुन सक्छ सम्बन्ध बलियो

महिलाका यी १० कुरामा ध्यान दिएमा हुन सक्छ सम्बन्ध बलियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७७ सोमवार • १९:५८:२३ बजे
  • 2.3K
    SHARES
  • महिलाका यी १० कुरामा ध्यान दिएमा हुन सक्छ सम्बन्ध बलियो

    विवाह र्यथात प्रेम वा मित्रताका लागि महिला र पुरुषका फरक फरक धारणा हुने गर्दछन् । जसका कारणले उनीहरु एकअर्काका विषयमा जान्न र नजिक हुन अनेकौं प्रयत्न गर्छन् । तर एकले अर्कालाई बुझ्न नसक्दा दुबैको निकटतामा बाधा उत्पन्न हुन्छ ।

    images

    यी १० कुरामा ध्यान दिएमा हुन सक्छ सम्बन्ध बलियो र दिगो-

    -महिलालाई उनी प्रति तपाईले गरेको माया देखाउनुपर्ने हुन्छ, बोलेर, लेखेर वा देखिने गरी । त्यसैले उनीसँगको सामिप्यता र प्रेम बढाउन कुनै यस्तो काम गर्नुस् जसका कारण उनले तपाईको प्रेम महशुस गर्न सकुन् ।

    -महिलालाई किनमेल गर्न असाध्यै मनपर्छ । त्यसैले उनीहरु थोरै खर्च भएपनि बजारमा छानीछानी सामान किन्न रुचाउँछन् । अधिकांश बार्गेनि¨ गर्दै सामाग्री किन्नु र हातभरी झोला बोकेर घर फर्कनु एक किसिमले महिलाको चाहाना नै हो भन्दा फरक पर्दैन ।

    – महिलासँग भेट हुँदा उनीहरुको कुरा सुन्न प्राथमिकता दिने र उनीहरुलाई सम्मानपूर्वक व्यवहार गर्ने पुरुष महिलाको पहिलो छनौट हुन् ।

    -उपहार पाउनु सबैको मन पर्ने बिषय हो । अझ महिलालाई गिफ्ट दिएको साह्रै मनपर्छ । तर गिफ्ट दिँदा दिने व्यक्तिले पूर्व घोषणा नगरी सरप्राइजका रुपमा आफ्नो मनले छानेर दिएको गिफ्टले उनीहरुको मन जित्न सकिन्छ ।

    -महिलालाई आफ्नो परीवार वा आफन्तसँग भेटघाट गराएको र सम्बन्धलाई प्राथमिकता दिएको कुराले चाँडै छुन्छ । अझ महिलाका परिवारलाई आदर गरिदिउन् भन्ने उनीहरुको चाहना हुन्छ ।

    -नियमित रुपमा सम्भव नभए पनि कहिलेकाहि महिलाका गुनासोहरु सुनिदिने गर्नुपर्दछ । यसबाट उनीहरुको मनको बोझ हल्का हुने गर्दछ । अन्यथा कुनै बिषयमा मन दुखेको कुरा सुन्न वा त्यसको समाधानतर्फ लाग्नु भएन भने उनीहरु टुट्ने गर्दछन् ।

    -केही पुरुषहरु आफ्नो बढाईचढाई गरेर कुरा गर्छन्, जो महिलालाई फिटिक्कै मन पर्दैन । महिला साचो सुन्न सक्छन्, झु-टो सहन सक्दैनन् । कुरा गर्ने पुरुष भन्दा आफूलाई साँचो माया र हेरचाह गर्ने पुरुषका लागि उनीहरु सबै त्याग्न सक्छन् ।

    -महिलालाई शं*का गरेको मन पर्दैन । — मतलब उनीहरुको गलत क्रियाकलापमा शं-का नगर्नुस् भन्ने होइन । तर कुनै विषयमा नाम जोडर लगाइएका आ-रोप र गरिएका आ-शंकालाई महिलाले सहन सक्दैनन् ।

    -महिलाका लागि आफ्नो आत्मसम्मान अति नै प्यारो हुन्छ । जसलाई उनीहरु कुनै पनि सम्झौता गर्न चाहँदैनन् । त्यसैले महिलालाई खुशी मिल्ने विषयमा पुरुषले रोकेको छेकेको विषय उनीहरुले बाहिरी रुपमा पालना गरे पनि भित्रि रुपमा भने दुखी हुन्छन् ।

    -अधिकाशं महिलालाई बलिष्ठ र सुगठित शरिर भएका पुरुष मनपर्छ । तर उनीहरुमा महिलालले बौद्धिकता पनि खोज्दछन् । अझ आफ्नो कर्तब्य र जिम्मेवारी निभाउने पुरुष प्रथम रुचीमा पर्दछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology